Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बेलचौताराका इन्स्पेक्टर थापाको करामत, प्रतिशोध साँध्न प्रहरीको दुरुपयोग


    सोमबार, माघ २८ २०८१
    3.5K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • तनहुँ । नेपालका लागि फिनल्याण्डकी राजदूत रिना रिक्का हेक्काले आफ्नो देशमा विधिको शासन लागू हुनुमा प्रहरी अधिकारीहरुको निष्पक्ष अभियोजन भएको एक कार्यक्रममा दाबी गरेकी छन् ।

    प्रहरी अधिकारीहरुले गरेको अथक मेहनत र अनुसन्धानबाट तयार गरिएका प्रमाणहरु स्वतन्त्र र निष्पक्ष रुपमा सरकारी वकिलमार्फत् अदालतमा पेश हुँदा विधिको शासन कायम भएको कानून विषयको पृष्ठभूमिसमेत भएकी कूटनीतिज्ञ राजदूत हेक्काले बताइन् ।

    शनिवार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लव परिसरमा प्रधानमन्त्री ओलीले प्रहरी दबाब र प्रभावबाट मुक्त हुनुपर्दछ भनेका थिए । तर, नेपाल प्रहरीका केही अधिकारीहरु भने कतिपय अवस्थामा आफ्नो गलत कामको आलोचना गर्नेहरुलाई कानून हातमा लिएर प्रतिशोध साँध्ने हतियार बनाउने गर्छन् । यस्तै प्रतिशोधको शिकार बनाइएका पात्र हुन् तनहुँको शुक्लागण्डकी नगरपालिका ९ का वडा सदस्य दीपक महत ।

    वडा सदस्य महतको विरुद्धमा उनकै पार्टीका नेता तथा छिमेकी खिम महतले अभद्र व्यवहारको जाहेरी २०८१ साल पुस १ गते नै दर्ता गरे । सामान्य विवादमा उनले यो उजुरी दर्ता गरेको वडा सदस्य महतले बताए । २०८१ मंसिर २७ गते घटेको घटनामा पुस १ गते अभद्र व्यवहारको जाहेरी बेलचौतारा इलाका प्रहरी कार्यालयमा दर्ता गरिए पनि हालसम्म मुद्दा जिल्ला प्रशासन कार्यालयमा पेश गरिएको छैन ।

    एमालेका केही नेताहरुकै आडमा खिम महतले वडा सदस्य महतलाई फसाउने चालबाजी गरेको भिमादका एक स्थानीय नेताले बताए । यसका लागि इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँका प्रमुख प्रहरी निरीक्षक पोषण थापाले फाइल नै जिल्ला प्रशासनमा पेश नगरी राखेका हुन् । उनले फाइल जिल्ला प्रशासन कार्यालयमा पेश नगरी मत्स्यन्याय गरेको बेलचौताराका स्थानीयले बताएका छन् ।

    जुवाडेसँग असुली धन्दा

    इन्स्पेक्टर पोषण थापाले अवैध क्रसर व्यवसायी, जीप चालकसँग आफ्ना घुमुवा प्रयोग गरेर असुली धन्दा सञ्चालन गरेको स्थानीयले गुनासो गरेका छन् । बेलचौतारा इलाका अन्तर्गत पर्ने शुक्ला गण्डकी नगरपालिकाको साँखे, भिमाद, किहुँ, राईपुर, गहते, रिसिङ गाउँपालिका बिभिन्न ठाउँमा तिहारमा जस्तै जुवाखाल सञ्चालन गरिएका छन् ।

    जुवा खेलाउनेलाई जित्नेसँग उठाउने कमिसन रकम (कटनी) उठाएर प्रहरीलाई दिएपछि उनीहरुलाई सातखत पनि माफ गरिएको ढोर गणपतेका स्थानीय भट्टराई थरका एक व्यक्तिले बताए । तिहारमा अवैध रुपमा प्रहरीसँग मिलेर जुवा खेल्ने र खेलाउने गिरोह अहिले पनि गाउँ–गाउँमा सक्रिय छन् ।

    नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षकमा भर्ना भएका उनले अकूत सम्पत्ति जम्मा गरेको उनीनिकट स्रोत बताउँछ । अवैध रुपमा क्रसर व्यवसाय सञ्चालन गरिरहेका शुक्लागण्डकी कोत्रेका देवबहादुर हिराचनसँग मिलेर गैरकानूनी रुपमा सञ्चालित क्रसरहरु ओम शान्ति, हारतीलगायतबाट इन्स्पेक्टर थापाले मासिक असुली गरिरहेको आरोप छ ।

    अब्रैध क्रसर संचालन गर्दैआएका गुण्डानाइके बिक्रम लामासँग पनि इन्स्पेक्टर थापाको सेटिङ रहेको छ । त्यस क्षेत्रमा लामाले लामो समयदेखि अबैध क्रसर संचालन गर्दैआएका छन् ।

    बेलचौतारा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले गाउँ गाउँमा सञ्चालित जीपहरुबाट लाखौं रुपैयाँ मासिक रुपमा असुली गर्ने गरेको आरोप लाग्ने गरेको छ । जसका कारण गाडी चालकहरु यात्रुसँग जथाभावी रकम असुली गरिरहका छन् । तथापि विधिको शासन कायम गर्ने प्रहरी नै व्यवसायीसँग घुस असुली गर्दै आएका कारण पीडितहरु झनै पीडित बन्नुपर्ने अवस्था छ । छतमा जबर्जस्ती यात्रुहरु ओसारपसार गर्दा ठाउँ ठाउँमा दुर्घटनाहरु बढिरहेका छन् । तथापि विधिको शासन लागू गराउने महत्वपूर्ण जिम्मेवारी रहेको प्रहरी प्रशासन नै विवेकहीन भएपछि अवस्था कहालीलाग्दो बनिरहेको छ ।

    जनप्रतिनिधिलाई हैसियत हेरेर मुद्दा, प्रतिशोध साँध्न प्रहरीको दुरुपयोग

    शुक्लागण्डकी नगरपालिका वडा नम्बर ९ का वडा सदस्य दीपक महतको मंसिर २७ गते आफ्नै पार्टीका खिम महतसँग सामान्य भनाभन भएको थियो । जिल्लाका नेतासमेत रहेका खीम महतलाई गालीगलौज गरेको भन्दै जनप्रतिनिधि दीपक महतका विरुद्धमा पुस १ गते नै अभद्र व्यवहारको उजुरी लिइयो । अहिले अभियुक्त फरार रहेको भन्दै इलाका प्रहरी प्रमुख थापाले सरकारी वकिललाई नै फाइल बुझाएका छैनन् । सुरुमा जिल्ला अदालतले हेर्ने गरेको अभद्र व्यवहार सम्बन्धी मुद्दा हाल सीडीओ कार्यालयले हेर्ने गरेको छ ।

    प्रहरीले उजुरी लिएको कति दिनमा मुद्दा दर्ता गर्ने भन्ने स्पष्टरुपमा कानूनमा नै उल्लेख नभएको र तजबिजी अधिकार नै दिएका कारण यस्तो अवस्था आएको एक कानून व्यवसायीको आरोप छ । भिमाद नगरपालिका ७ का वडाध्यक्ष प्रकाश श्रेष्ठले भिमादकै एक सहकारीका सञ्चालकलाई नै कुटपीट गरे । उनका विरुद्धमा उजुरी दर्ता भयो तथापि उनलाई सातैदिनमा रिहा गरियो । उनलाई छुटाउन नेकपा (एमाले)का नेताहरु केदार सिग्देल र किरण गुरुङलगायतले दबाब दिएका थिए । डायरी एक्सप्रेस साप्ताहिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार