Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सशस्त्र प्रहरीद्वारा ठूलो परिणामको लागूऔषधसहित ११ जना पक्राउ


    शुक्रबार, माघ २५ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सञ्जय मिश्रा 

    रौतहट । सशस्त्र प्रहरी बल नम्बर ११ गण हेक्वा, रौतहट तथा मातहतका युनिटहरुबाट खटिगएको गस्ती टोलीले  जिल्लाको छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा लागुऔषध सहित ११ जना मानिसलाई पक्राउ गरेको छ ।

    सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंको निर्देशनमा सशस्त्र प्रहरीले भारतीय सीमाक्षेत्र हुँदै आउनेजाने मानिस माथी निगरानी बढाएपछि यस आर्थिक वर्षमा हालसम्म ठूलो परिमाणमा लागुऔषधसहित ११ जना मानिस पक्राउ गर्न सफल भएको हो ।

    गत साउनदेखि यस महिनाको २० गतेसम्म साढे ६ महिनाको अवधिमा  लुकिछिपी भारतीय बजारबाट ल्याउँदै गरेको नशालु ट्याब्लेट डाईजिपाम २२ सय ७८ ट्याब्लेट, नाईत्रोभेट ४४ ट्याब्लेट, बुप्रोफिन नशालु ईन्जेक्सन ६०६ एमपूल, प्रोमेथआजिन नशालु ईन्जेक्सन १७९८ एमपूल, फेनार्गन २७ ट्याब्लेट, एमफिल २२ ट्याब्लेट र गाँजा १५ किलो ९६० ग्राम बरामद गरिएको सशस्त्र प्रहरी रौतहट का प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन् ।

    उक्त लागुऔषध ओसारपसारमा संलग्न ११ जना मानिसलाई पक्राउ गरिएको एसपी हुमागाईंले जानकारी दिएका छन् । पक्राउ परेका मानिसलाई केही लागुऔषध सहित आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाइएको थियो ।

    तथा केही लागुऔषध जाँचबुझको लागि औषधि ब्यवस्था बिभाग बीरगंज र जिल्ला भन्सार कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार