बीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतका कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरूबाट भन्सार छली चोरीपैठारी गरी ल्याएका विभिन्न किसिमका इलेक्ट्रोनिक्स, खुद्रा, खाद्यान्न, सूर्ती, चप्पल लगायतका माल सामान बरामद गरेको छ ।
मंगलबार बरामद गरिएका ती सामान अन्दाजी ५६ लाख ४६ हजार ४ सय २९ रुपैयाँ बराबरका छन् ।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय श्रीपुर, इलाका प्रहरी कार्यालय लंगडी, प्रहरी चौकी सिर्सियाले सामान बरामद गरेका हुन् ।
५७ लाख बराबरका सामान बरामद गरेको भए पनि ती सामान ल्याउने पक्राउ परे नपरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालको बिज्ञप्तिमा केही उल्लेख छैन । बरामद सामान कुन ब्यापारीको हो त्योसमेत खुलाइएको छैन ।
यसअघि माघ १४ गते सशस्त्र प्रहरीले मदन गुप्ता रुन्चेको गोदामबाट ५० लाख रुपैयाँ भन्दा बढीको तस्करीको कपडा र हार्डवेयको सामान बरामद गरेको थियो ।
प्रस्तावित सीमा सुरक्षा गुल्मका इन्चार्ज डीएसपी लोकेन्द्र सुब्बाको टोलीले रुन्चेको गोदामबाट सामान बरामद गरेको थियो । तर बीरगंज भन्सार कार्यालयमा सामान दाखिला गर्दा उक्त सामान कहाँबाट र कुन ब्यक्तिको गोदामबाट बरामद भएको भनी उल्लेख नगरी रुन्चेलाई उन्मुक्ति दिइएको थियो ।
गुप्ताको गोदाममा छापामार्दा साक्षीको रुपमा भन्सार कार्यालयका नायबसुब्बा सन्दीप पराजुलीसहित ४ जना उपस्थित थिए । तर भन्सार दाखिला गर्दा कसको गोदामबाट बरामद भएको हो भन्ने उल्लेख नै नगरी तस्कर गुप्तालाई जोगाउने काम बीरगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले गरेका थिए । भारतीय नागरिक रुन्चेलाई बीरगंजमा तस्करीका बादशाह नै मानिन्छ ।
भन्सारका कार्यालय सहयोगीदेखि कार्यालय प्रमुखसम्म उनको सेटिङ छ । रसुवाबाट भेप तस्करी गरेको फेलापारे पनि कारबाहीबाट जोगिएका पाठकलाई एमालेका अर्थमन्त्री बिष्णु पौडेलले पुरस्कृत गरी बीरगंज भन्सारको प्रमुख भन्सार अधिकृतमा सरुवा गरेका थिए ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend