काठमाडौं । आज २०८१ साल माघ १५ गते मंगलबारको राशिफल ।
मेष
कार्यक्षेत्रमा गरिरहेको कार्यलाई निरन्तरता दिन सकिनेछ। अरुलाई प्रभावित पारेर नाम र प्रतिष्ठा पाउन सक्नुहुनेछ। कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरू बन्नेछन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।
मिथुन
कार्यक्षेत्रमा सम्पादन भएको कार्यबाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। संगीत वा कलाको क्षेत्रमा विशेष सफलता मिल्नेछ। प्रशासनिक काममा अधिकारीहरूको साथ मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
सिंह
महत्त्वाकांक्षी योजनाहरू गोप्य राख्दा लाभ मिल्नेछ। योजना अनुसार समयमा कार्यसम्पादन गर्न सकिनेछ। उद्योग व्यापारमा लाभ हुनेछ। सन्तानको शिक्षालाई लिएर चिन्तित रहनुहुनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ५ रहेको छ।
तुला
कार्यक्षेत्रमा मान सम्मान बढ्नेछ। घरपरिवारमा भाइबहिनीहरूको साथ सहयोग मिल्नेछ। नयाँ नोकरीको खोजमा सफलता मिल्नेछ। धैर्य र पराक्रमले आटेको कार्यसम्पादन गर्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
धनु
नयाँ कार्य प्रारम्भ गर्नलाइ समय उपयुक्त रहेको छ। सामूहिक जमघटमा आफ्नो उपस्थितिलाई जनाउन सकिनेछ। कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरू बन्नेछन्। आकस्मिक धनलाभका योग छन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ
कार्यक्षेत्रमा लगनशीलताले आफ्नो अधिकार स्थापित गर्न सकिनेछ। मेहनतले प्रतियोगी प्ररीक्षामा सफलता मिल्नेछ। भौतिक संसाधन जुटाउनमा धन खर्च हुनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।
बृष
कार्यक्षेत्रमा श्रमको उचित मूल्यांकन नहोला। नोकरी वा पेशामा हजुरको कमजोरीबाट लाभ उठाउनेहरु सक्रिय रहनेछन्। व्यापार व्यवसायलाई पारदर्शी राख्नुहोला। व्यापार व्यवसायमा लेनदेन गर्दा सावधानी राख्नुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
कर्कट
व्यापार व्यवसायमा चुनौतीपूर्ण कार्य सम्पादन गर्नमा सफलता मिल्नेछ। प्रयास गर्दा बजारमा फसेको धन मिल्न सक्छ। प्रतियोगी परीक्षामा सफलता मिल्न गाह्रो रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
कन्या
पारिवारिक उल्झनले मन चिन्तित रहनेछ। व्यापार व्यवसायलाई लिएर गरेको यात्राबाट लाभ मिल्नेछ। मित्रको सहायताले ठूलो कार्यसम्पादन हुनेछ। सामाजिक दायित्वको निर्वहनमा श्रम धेरै लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
बृश्चिक
घरमा मांगलिक कार्यले मन प्रसन्न र उत्साहित रहनेछ। आफन्तहरूसँग रमाइलो भेटघाट वा स्वादिष्ट भोजनको प्राप्ति हुनेछ। व्यापार व्यवसायमा बाणीले कार्यसद्धि गर्न सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।
मकर
आर्थिक क्रियाकलापको कार्यहरूमा सजग रहनुपर्ला। योजना अनुरूप काम बन्दै जानेछन्। अनपेक्षित रूपले अरूको लागि चिन्ता हुनसक्छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
मीन
प्रेम र मित्रताको बन्धन कसिनेछ। नोकरी वा पेशामा नयाँ जिम्मेवारी हात लाग्नेछ। कला र लेखनको क्षेत्रमा सफलता मिल्नेछ। धर्ममा मन लाग्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ९ रहेको छ।
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend