Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काँकडभिट्टाबाट ब्राउनसुगर बोकेर बस चढेका भारतीय नागढुंगामा पक्राउ


    बिहिबार, माघ १० २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं ।   लामो दूरीको यात्रुबाहक बस चढेर आएका भारतीय नागरिक लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन्। ती भारतीयबाट लागुऔषध जिम्मा लिन पुगेका दुई नेपालीसमेत पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा भारत उत्तर दिनेशपुरका ३७ वर्षीय गोविन्द बाला, काठमाडौं चन्द्रागिरि नगरपालिका-११ का २६ वर्षीय रमन महर्जन र धादिङ थाक्रे गाउँपालिका-११ का ३८ वर्षीय विनोद तामाङ रहेका छन् ।

    उनीहरूलाई प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगाको टोलीले बिहीबार चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    परिसरकी सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पूर्णिमा कुमारी चन्दका अनुसार उनीहरूको साथबाट १५० ग्राम ब्राउनसुगर बरामद गरिएको छ ।

    चन्दका अनुसार बाला काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको प्र.१-०१-००६v ४७९६ नम्बरको बसमा सवार थिए। बसको ए साइडको १३ नम्बर सिटमा बसेर आएका बालालाई प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो ।

    चेकजाँच गर्दा ब्राउनसुगर फेला परेपछि प्रहरीले सोधपुछ गर्दा बालाले महर्जन र तामाङलाई दिन ल्याएको बताएका थिए ।

    ती दुई जनालाई बा५१प ७५५८ नम्बरको मोटरसाइकलमा लागुऔषध जिम्मा लिन बसेको अवस्थामा फेला पारिएको चन्दले बताइन् ।

    पक्राउ परेकाहरूलाई वृत्त थानकोटमा राखेर अनुसन्धान थालिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार