Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बोलेरो र अटो ठोक्किँदा झापामा एक जनाको मृत्यु, तीन जना घाइते


    सोमबार, माघ ७ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • झापा । झापामा बोलेरो र अटो आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-४ की २७ वर्षीया अमृता तामाङ रहेकी छिन् ।

    बुद्धशान्ति गाउँपालिका-४ हापेन चोकमा सोमबार बिहान प्र.१-०१-००१ ज ३८५१ नम्बरको बोलेरो र प्र.१-०१-००२ ह ३६३ नम्बरको अटो ठोक्किँदा उनी गम्भीर घाइते भएकी थिइन्।

    प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

    साथै दुर्घटनामा घाइते भएका बोलेरो चालक र अटोमा सवार दुई जना घाइते छन्। उनीहरूलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार