तेल अभिव – कतारको प्रयासको १५ महिनापछि युद्धको आगोमा जलिरहेको गाजामा शान्ति घोषणा भएको छ ।
इजरायल र हमास युद्धविराम सम्झौतामा सहमत भएका छन्। इजरायल र हमासबीचको युद्धविराम सम्झौता आइतवार (१९ जनवरी २०२५) देखि लागू हुने मध्यस्थकर्ता कतारले जनाइसकेको छ ।
र, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि गाजा पट्टीमा हमासले बन्धक बनाएका मानिसहरूलाई फिर्ता गर्न युद्धविराम सम्झौता भएको छ । ‘हामी शुक्रबार ९१७ जनवरी २०२५० मा सुरक्षा मन्त्रिपरिषद्को बैठक बोलाउनेछौँ र त्यसपछि सरकारले सम्झौता अनुमोदन गर्नेछ,’ उनले भने ।
यो उल्लेखनीय छ कि इजरायल र हमास बीच चलिरहेको भीषण युद्ध रोक्न लामो समयदेखि प्रतिक्षा गरिएको युद्धविराम सम्झौतामा बिहीबार ९जनवरी १६० मा क्याबिनेट मतदान स्थगित गरेको थियो। यस सम्झौता अन्तर्गत गाजा पट्टीमा जारी युद्ध रोकिनेछ र दर्जनौं बन्धकहरूको रिहाई सुनिश्चित गरिनेछ ।
यस्तो छ प्रकियाः
जसअनुसार इजरायलले हमासलाई आफ्ना सबै बन्धकहरूलाई रिहा गर्न आग्रह गरेको छ। बदलामा हमासले पनि इजरायलसँग आफ्नो हिरासतमा रहेका प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्न माग गरेको छ। स्रोतका अनुसार दुईबीच युद्ध रोक्नको लागि भएको यो सम्झौता सुरुका केही साताका लागि मात्रै हो ।
समाचार अनुसार युद्बबिराम सम्झौता तीन चरणमा लागु हुनेछ । जसअनुसार सम्झौताको पहिलो चरणअन्तर्गत हमासले ३३ इजरायली बन्धकहरूलाई रिहा गर्नेछ। जसमा विशेषगरी महिला, बालबालिका र वृद्धवृद्धा समावेश हुनेछन् ।
दोस्रो चरणमा इजरायलले गाजाबाट आफ्ना सेना फिर्ता गर्नेछ। यस अवधिमा दुबै पक्षले आफ्नो सैन्य कारबाही रोक्नेछन् । तेस्रो चरणमा बाँकी रहेका शव फिर्ता गर्ने काम हुनेछ । यसपछि इजिप्ट, कतार र संयुक्त राष्ट्र संघको रेखदेखमा गाजामा पुनर्निर्माणको काम सुरु गरिने जनाइएको छ ।
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीप्रभावितहरूको पुनर्स्थापना र पूर्वाधार पुनर्निर्माणबारे चासो व्यक्त गरेका छन्। बुधबार उनले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा पुनरावलोकनका लागि सर्वोच्च अदालतले दिएको अनुमतिबाटै आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन् । कांग्रेस...
काठमाडौँ । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारीहरूले शिष्टाचार भेटघाट तथा विदेश भ्रमणका क्रममा प्राप्त गरेका उपहार राज्यकोषमा दाखिला गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको...
काठमाडौँ । प्रतिनिधि सभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ । सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टी पंक्तिलाई नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी नगर्न संसदबाट निर्देशन दिएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend