जोहानेसबर्ग – दक्षिण अफ्रिकाको एक अबैध सुन खानीबाट तीन दिनको उद्धार कार्यमा जम्मा २४६ जीवित र ७८ जनाको शव निकालिएको छ ।
बुधवार राती जारी गरिएको बिज्ञप्ति अनुसार दक्षिण अफ्रिकी प्रहरी सेवाले उत्तर पश्चिम प्रान्तको स्टिलफन्टेन खानीमा सोमबारदेखि सुरु भएको उद्धार अभियानबाट २४६ अवैध खानीमा काम गर्नेहरूलाई भूमिगतबाट जीवितै निकालिएको र उनीहरूलाई पक्राउ गरिएको बताएको छ।
बरामद गरिएको शवको संख्या भने ७८ पुगेको छ । ‘यस चरणमा अपरेशन रद्द गरिदैन, हामी पुर्ण रूपमा निश्चित नभएसम्म यो अप्रेसन जारी रहनेछ,’ प्रवक्ता एथलेन्डा माथेले भनिन् । तर, उद्धार कार्यमा संलग्न स्वयंसेवकहरूले भूमिगत स्थानमा कुनै पनि जीवित व्यक्ति वा शव नभएको सञ्चारमाध्यमलाई बताएका छन तर उनले अझै खोजबिन गर्नु पर्ने जनाएकी छिन् ।
माथेका अनुसार लफन्टेनमा सञ्चालनको लागि जिम्मेवार खानी उद्धार सेवाले बिहीबार बिहान पनि भूमिगत पिंजरा पठाउनेछ ताकी कोही अवैध खानीमा पिंजरासँग पुनः देखा पर्न सक्छ कि सक्दैन भनेर हेर्नेछ ।
हामी खानी उद्धार सेवामा भर पर्नेछौं, उनीहरूको अत्याधुनिक उपकरणहरूको साथ यो पुष्टि गर्न जरूरी छ, यसले हामीलाई भूमिगत तहमा के भइरहेको छ भन्ने तस्वीर दिन सक्षम हुनेछ,’ उनले भनिन, ‘हामीले संकेत गरेका छौं कि हामीले यसलाई प्रमाणित गर्नुपर्दछ ।’
यीनीहरू लगभग दुइ महिना देखी सुनखानीमा फसेको जनाइएको छ । यद्दपी, त्यो बारेमा अनुसन्धान जारी रहेको छ ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय...
काठमाडौँ। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend