तेलअभिव – इजरायल र हमासले गाजामा युद्ध रोक्न सहमत भएका छन् । सो सहमति अनुसार हमासको नियन्त्रणमा रहेका रहेका इजरायली बन्धक र इजरायली हिरासतमा रहेका प्यालेस्टिनी बन्दीलाई रिहा गर्न पनि दुवै पक्ष सम्झौतामा सहमत भएका छन्।
इजरायल र हमास बिच भएको सो सहमतिको अन्तर्राष्ट्रिय सहायता एजेन्सीहरूले स्वागत गरेका छन र गाजाको पुनर्निमाणमा सहयोग गर्ने प्रतिबद्ता पनि जनाएका छन् । प्यालेस्टिनी शरणार्थीहरूको लागि संयुक्त राष्ट्र एजेन्सीले युद्धको कारणले गर्दा पीडा कम गर्न गाजापट्टीमा द्रुत र निर्बाध मानवीय पहुँचको लागी आह्वान गरेको छ ।
तीन चरण सम्झौता आइतवारबाट लागु हुनेछ । तर, यसको धेरै विवरण र समयरेखा अस्पष्ट नै रहेको जनाइएको छ। जुन सहमतिलाई इजरायली मन्त्रिपरिषद्ले अनुमोदन गर्न बाँकी छ र प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सबै विवरणहरू अन्तिम नभएसम्म टिप्पणी नगर्ने बताएका छन्।
सो सम्झौता बाइडेन र ट्रम्पको सचिवालयको सहयोग र सहकार्यमा अभूतपूर्व स्तरको मध्यस्थता गरिएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले वार्ता अस्थायी युद्धविरामभन्दा युद्धलाइ स्थायी रूपमा नै अन्त्य गरिनु पर्ने भएकाले दोस्रो चरणमा जाने बताएका छन्।
हमास र इजरायल बिच युद्दबिराम गर्नका लागि सहमति भए पछि प्यालेस्टाइन र इजरायलका जनताले सडकमा उत्रेर खुसियाली मनाएका छन । उनीहरू पराम्परागत बाजा र प्ले कार्ड लिएर युद्दबिरामको स्वागत गरेका छन् ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय...
काठमाडौँ। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend