Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • संसद छलेर सरकारले ल्यायो तीन अध्यादेश


    शनिबार, पुष २७ २०८१
    2.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले संसद छलेर तीन वटा अध्यादेश ल्याएको छ । संसदको हिउँदे अधिवेशन बोलाउन बिलम्ब गरी अध्यादेश ल्याई शासन संचालन गर्नखोजेको छ ।

    रवि लामिछाने पक्राउपछि सहकारी ऐन संशोधन गर्न अध्यादेश ल्याएको ओली सरकारले शुक्रबार राति थप तीनवटा अध्यादेश ल्याएको छ । सहकारी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरिसकेका छन् ।

    शुक्रबार राति अबेर बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक सेवा सहजीकरण गर्न भन्दै केही कानुनहरू संशोधन गर्ने अध्यादेश स्वीकृत गरी राष्ट्रपति कार्यालय पठाउने निर्णय गरेको छ ।

    स्रोतका अनुसार केही नेपाल ऐन, भूमि र लगानीसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । ती अध्यादेशमा गैर आवासीय नेपालीलाई निःशुल्क भिसा दिनेदेखि कम्पनी खोल्न पाउने लगायत प्रावधान समावेश छन् । त्यसैगरी सार्वजनिक सेवा प्रवाहलाई सरल र छरितो बनाउन पनि अध्यादेश ल्याउने निर्णय भएको छ ।

    मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई यस विषयमा ब्रिफिङ गरेका थिए । यसका लागि उनी कानुन मन्त्री अजय चौरसिया, मुख्यसचिव एकनारायण अर्याल र कानुन सचिव उदयराज सापकोटालाई साथमा लगेर शीतलनिवास गएका थिए ।

    सरकारको प्रभावकारिता बढाउने विषयमा आवश्यक सुझाव दिन नेपाली कांग्रेस र नेकपा एमालेको राजनीतिक संयन्त्रले कार्यदल बनाएर गृहकार्य अघि बढाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार