Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • नयाँ वर्ष मनाइरहेका मानिसहरुलाई ट्रकले किच्दा अमेरिकामा १५ जनाको मृत्यु


    बिहिबार, पुष १८ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – जनवरी १ का दिन अमेरिकाको लुइसियाना राज्यको न्यु अर्लिन्स सहरमा नयाँ वर्ष मनाइरहेका मानिसहरुलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ ।

    नयाँ वर्ष मनाउँदै गरेका मानिसलाई लक्षित गरी एक व्यक्तिले पिकअप ट्रक चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उक्त घटनामा १५ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएको बताइएको छ ।

    न्यु अर्लिन्समा बुधबार राती सवा ३ बजे उक्त घटना भएको हो । समाचारमा जनाइएअनुसारसहरको सबैभन्दा व्यस्त बोर्बोन स्ट्रिटमा हजारौं मानिसहरू उत्सव मनाइरहेका थिए । अचानक एउटा गाडी भीडलाई कुल्चिँदै अगाडि बढ्यो ।

    त्यसपछि आक्रमणकारी पिकअप ट्रकबाट बाहिर निस्किएर मानिसहरूमाथि अन्धाधुन्ध गोली चलाउन थालेको जनाइएको छ । जवाफी कारबाहीमा प्रहरीले पनि गोली चलाउँदा आक्रमणकारीको मृत्यु भएको छ । भिडन्तमा दुई प्रहरी पनि घाइते भएको समाचारमा उल्लेख छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार