काठमाडौं – जनवरी १ का दिन अमेरिकाको लुइसियाना राज्यको न्यु अर्लिन्स सहरमा नयाँ वर्ष मनाइरहेका मानिसहरुलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ ।
नयाँ वर्ष मनाउँदै गरेका मानिसलाई लक्षित गरी एक व्यक्तिले पिकअप ट्रक चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उक्त घटनामा १५ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएको बताइएको छ ।
न्यु अर्लिन्समा बुधबार राती सवा ३ बजे उक्त घटना भएको हो । समाचारमा जनाइएअनुसारसहरको सबैभन्दा व्यस्त बोर्बोन स्ट्रिटमा हजारौं मानिसहरू उत्सव मनाइरहेका थिए । अचानक एउटा गाडी भीडलाई कुल्चिँदै अगाडि बढ्यो ।
त्यसपछि आक्रमणकारी पिकअप ट्रकबाट बाहिर निस्किएर मानिसहरूमाथि अन्धाधुन्ध गोली चलाउन थालेको जनाइएको छ । जवाफी कारबाहीमा प्रहरीले पनि गोली चलाउँदा आक्रमणकारीको मृत्यु भएको छ । भिडन्तमा दुई प्रहरी पनि घाइते भएको समाचारमा उल्लेख छ ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
सुर्खेत। सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय...
काठमाडौँ। सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी,पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend