काठमाडौं । आज २०८१ साल पुस १३ गते शनिबारको राशिफल ।
मेष
आध्यात्मिक चिन्तनमा समय बित्नेछ। सामाजिक काममा चासो लिन सकिनेछ। आफूले गरेको मेहनत अर्काले लिन सक्छ। मौसमी बिमारीदेखि सावधान रहनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
मिथुन
कार्यक्षेत्रमा तपाईंको प्रयास सफल हुनेछ र धन प्राप्तिका नयाँ मार्ग प्रशस्त हुनेछन्। कर्तव्य निष्ठ भएर अघि बढ्ने समय रहेको छ। ऋणको लेनदेनदेखि बच्नुहोस्। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ६ रहेको छ।
सिंह
सामाजिक क्षेत्रमा महत्त्वपूर्ण दायित्व मिल्न सक्छ।आफन्तहरुको साथ नमिल्नाले आत्मविश्वासमा कमि आउने छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। मित्रहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग वैजनी हो भने शुभ अंक ४ रहेको छ।
तुला
व्यापार व्यवसायमा बौद्धिकताको परीक्षण हुनेछ। बोली र व्यक्तित्वले सबैको प्यारो बन्न सकिन्छ। जोश र जागर बढ्नाले कार्य समयमा सम्पादन हुनेछ। संगीत र कलामा रुचि बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
धनु
वैदेशिक रोजगारको योग बनिरहेको छ। सरकारी कार्यमा बाधा आउनेछ। अध्ययन नगरी काम थाल्दा समस्या पर्नेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
कुम्भ
राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। कृषिमा राम्रो उत्पादन हुनाले उचित मूल्यांकन प्राप्त हुनेछ। नयाँ उद्योगधन्दा प्रारम्भ गर्न सकिनेछ। शैक्षिक क्षेत्रमा प्रगति होला । आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।
बृष
साझेदारी व्यापारबाट लाभ मिल्नेछ। दिखावा र आडम्बरको चक्करमा गल्ती नहोस् यस विषयलाई लिएर ध्यान दिनुहोस्। चलचित्र र कलाको क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
कर्कट
सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। पठनपाठनमा मन लाग्नेछ। प्रेम सम्बन्ध कसिनेछ। मानसिक वा शारीरिक रुपमा सबल हुनुहुनेछ। आत्मीय जनहरूको मेलमिलापले मनमा उमंग रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
कन्या
परिश्रम अनुसार राम्रै प्रतिफल पाइनेछ। भाग्योदयको समय रहेको छ। रोकिएको धन फिर्ता हुने सम्भावना रहेको छ। निजी कार्यलाई लिएर दौडधुप बढ्नेछ। पत्नी र पुत्रबाट सहयोग पाइएला। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।
बृश्चिक
कार्यक्षेत्रमा मानसम्मान बढ्नेछ। आलस्य गर्दा बनिरहेको काम बिग्रिन सक्छ। छरछिमेकीसँगको विवाद समाधान हुनेछ। मूल्यवान वस्तुको संग्रह गर्न सक्नुहुनेछ। धेरै समयपछि आत्मीय जनहरूसँग भेट होला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
मकर
चिताएको काम सजिलै सम्पादन गर्न सकिनेछ। स्वरोजगारको नयाँ अवसरहरू मिल्ला। वैदेशिक यात्रा गर्ने साइत जुर्नेछ। कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग लिन गाह्रो हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
मीन
धार्मिक संघ संस्थामा सहभागी हुन पाइएला। जग्गा जमिनको कारोबारमा भाग्यले साथ दिनेछ। ठूलो योजना पूरा गर्नमा केही समय लाग्नेछ। नमागी कसैलाई सल्लाह नदिनुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend