काठमाडौं । आज २०८१ साल पुस १२ गते शुक्रबारको राशिफल ।
मेष
आटेका काम पूरा हुनाले मन प्रसन्न रहनेछ। धन प्राप्तिको योग रहेको छ। विद्यार्थीहरूलाई मेहनत गरे अनुसार प्रतिफल प्राप्त होला। दाम्पत्य जीवनमा समस्या थियो भने समाप्त हुनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ८ रहेको छ।
मिथुन
सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। जागिर गर्नेहरूको लागि समय अनुकूल रहनेछ। परिवारमा कसैको स्वास्थ्य सम्बन्धित समस्याले गर्दा धन खर्चका योग छन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
सिंह
धैर्य र पराक्रममा वृद्धि हुनेछ। पारिवारिक मनमुटाव सुल्झिनेछ। मान्यजनहरूको सहयोगले रोकेको कार्य प्रारम्भ हुनेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।
तुला
समाजमा मान सम्मान बढ्नेछ। व्यापारलाई लिएर यात्राका योग छन्। कार्यक्षेत्रमा अधिकारीवर्गको सहयोगले कार्य समयमा सम्पादित हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
धनु
घरायसी कामले अप्ठ्यारो पार्न सक्छ। विद्यार्थीहरूलाई अध्ययनको सफलताले विदेशतिर जाने अवसर मिल्नेछ। राज्यपक्षबाट सहयोग मिल्नेछ। सरकारी क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ
धनार्जनका नयाँ बाटोहरू खुल्नेछन्। मित्रको सल्लाहले बिग्रेको काम बन्नेछ। साझेदारी व्यापारबाट लाभ मिल्ला। प्रेम सम्बन्धमा उत्पन्न भएका शंकाहरू समाप्त हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
बृष
वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा आर्थिक लाभ मिल्नेछ। करियर सम्बन्धी समस्याको समाधान हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। स्वास्थ्य सन्तोषजनक रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
कर्कट
आर्थिक क्षेत्रमा सकारात्मक स्थिति रहनेछ। नसोचेको स्थानबाट धन प्राप्त हुनेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। रचनात्मक काममा प्रवृत्त भइएला। ठूलो योजना पूरा गर्न केही समय लाग्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
कन्या
सामाजिक सद्भाव बढ्नेछ। आफन्तहरूको साथ सहयोगले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ। व्यापार व्यवसायमा बोली बिक्नेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
बृश्चिक
वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरूको रेखांकन हुनेछ र धैर्यताको कमीले अर्काको गल्ती आफूमाथि पर्न सक्छ। विद्यार्थीहरूको पढाइमा भन्दा खेलकुदमा मन रमाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।
मकर
समयको तालमेल नमिल्दा कार्य अधुरो रहन सक्ला। कार्यक्षेत्रमा गरिएको कामबाट जस पाइनेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। विद्यार्थीहरूको अध्ययनमा रुचि बढ्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ५ रहेको छ।
मीन
व्यापार व्यवसायभन्दा सेवा मुलुक कामबाट लाभ मिल्नेछ। सवारी साधनमा धन खर्च हुनेछ। लेनदेनको मामिलामा कानुनको विपरित कार्य नगर्नुहोला नभए जरिवाना लाग्न सक्छ। चिताएको कार्य पूरा गर्न बाधा आउन सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend