नयाँदिल्ली । महाकुम्भ २०२५ ले विश्वभरका भक्तहरूलाई अनुपम अनुभव प्रदान गर्नेछ, जो एक सय २४ बर्ष पछि प्रयागराजमा लागिरहेको छ ।
यसपटक सुरक्षा र सहयोगका लागि विशेष गरी नदीमा डुबेर बच्न विशेष उपायहरु अपनाइएको छ । उत्तर प्रदेश प्रहरी र प्रशासनले नदी किनारमा गहिरो पानी अवरोध, नदी लाइन, जेट्टी, पानीमुनि ड्रोन र विशेषज्ञ गोताखोरहरू तैनाथ गरेका छन् ।
हिजो परीक्षण गरिएको महाकुम्भमा पहिलोपटक अन्डरवाटर ड्रोन प्रयोग गरिएको हो । यो ड्रोन गहिरो पानीमा रहेका वस्तु वा मानिसको पहिचान गर्न सक्षम छ। यस प्राविधिक उपायबाट गहिरो गोताखोरको सहयोगमा कुनै पनि आपतकालीन अवस्थामा तुरुन्तै पुग्न सम्भव हुनेछ । महाकुम्भमा श्रद्धालु भक्तजनको सुरक्षालाई ध्यानमा राखी कुनै पनि दुर्घटना भएमा तत्काल समाधान गर्न यो कदम चालिएको हो ।
प्रयागराज पूर्व क्षेत्रका डीआईजी डा. राजीव नारायण मिश्रले भने, ‘यूपी सरकारले २०२५ को महाकुम्भलाई सफल बनाउन नयाँ प्रविधिको प्रयोग गरिरहेको छ। र, त्यसैको स्वरुप पहिलो पटक अन्डरवाटर ड्रोन तैनाथ गरी परिक्षण गरिएको छ । यसले गहिरो पानीमा वस्तु वा मानिस देख्न सक्छ र गहिरो गोताखोरको सहयोगमा सम्भावित दुर्घटनास्थलमा तुरुन्तै पुग्न सक्नेछ ।’
डिजिटल महाकुम्भ भिजनको एक भागको रूपमा, एआई जेनेरेटिभ च्याटबोट प्रविधि पहिलो पटक प्रस्तुत गरिएको हो। प्रयोगकर्ताहरूले केवल क्युआर कोड स्क्यान गरेर आफ्नो फोटोसहित एक व्यक्तिगत महाकुंभ प्रमाणपत्र प्राप्त गर्न सक्छन् ।
एआई च्याटबोटले महाकुम्भको हरेक कार्यक्रम र प्रमुख कार्यक्रमको बारेमा पूर्ण जानकारी पनि दिन्छ। एआई च्याटबोटलाई हिन्दी, अङ्ग्रेजी, तमिल, तेलुगु, कन्नड, मलयालम, गुजराती, मराठी, पञ्जाबी, बंगाली र उर्दू गरी ११ भाषाहरूमा प्रयोगकर्ताहरूलाई सहयोग गर्न डिजाइन गरिएको हो। कुनै पनि भक्तजनले आफ्नो मनपर्ने भाषामा जवाफहरू प्राप्त गर्न सक्छन् ।
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend