Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १२३ किलो गाँजासहित सुनसरीबाट एक पक्राउ


    मंगलबार, पुष २ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुनसरी । प्रहरीले सुनसरीबाट १२३ किलो ३९ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१७ का ३१ वर्षीय धनबहादुर भण्डारी रहेका छन् ।

    अस्थायी प्रहरी पोस्ट रेल्वे धरानबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई आइतबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    भण्डारी प्रदेश १-०२-००२ ह. १६५५ नम्बरको टेम्पोका चालक हुन्। रोक्न खोज्दा भागेपछि प्रहरीले टेम्पोलाई पछ्याउँदै धरान-१७ कै जंगलछेउ पुगेर नियन्त्रणमा लिएको थियो ।

    टेम्पोको तलासी लिँदा सात वटा बोरामा गाँजा फेला परेको प्रहरीले जनाएको छ। भण्डारीलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार