काठमाडौं – दक्षिण भारतीय फिल्म स्टार अल्लु अर्जुनलाई हैदराबाद प्रहरीले पक्राउ गरेको छ। उनी विरुद्ध एक महिलाको मृत्युको जिम्मेवारी ठहर गर्दै उजुरी दिएपछि उनलाई पक्राउ गरेको हो ।
उनको फिल्म ‘पुष्पा-२’ को सिनेमा हलमा प्रदर्शनका क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएपछि उनीविरुद्ध जाहेरी दर्ता भएको थियो।फिल्म ‘पुष्पा २’ रिलिजको पूर्वसन्ध्यामा हैदराबादको ‘सन्ध्या थिएटर’मा फिल्मको स्क्रिनिङ भएको थियो। मानिसहरू अग्रिम टिकट काटेर चलचित्र हेर्न आउने गरेका छन्।
रिपोर्टअनुसार अल्लु अर्जुनको टोलीले अचानक उनको यहाँ भ्रमण गर्ने योजना बनाएको थियो र उनी थिएटरमा पुग्नेबित्तिकै उनलाई हेर्न फ्यानमा भागदौड मच्चिएको थियो। भागदौडका क्रममा त्यहाँ एक महिलाको मृत्यु भयो र अल्लु अर्जुनसहित धेरै व्यक्तिविरुद्ध जाहेरी दर्ता गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बिजक उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरेको...
काठमाडौँ। नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथीमा बढुवा भएका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको सैनिक सहायकका रुपमा कार्यरत खत्रीलाई बढुवा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend