काठमाडौं । आज २०८१ साल मंसिर २७ गते बिहिबारको राशिफल ।
मेष
करियर वा कारोबारमा लाभ मिल्नेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आपसी झगडामा भावुक भएर निर्णय नलिनुहोला। कार्यक्षेत्रमा स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन
हजुरको धैर्य पराक्रममा वृद्धि हुनेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको साथ मिल्नाले अप्ठ्यारो काम पनि सजिलै सम्पादन हुनेछ। जीवनसाथीसँग तालमेल बनाएर राख्नुहोस्। मठ मन्दिर आदिको यात्रा गर्दा सकेसम्म परिवारसँग जानुहोस्। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ।
सिंह
रोकिएका काम बन्नको साथै नयाँ जिम्मेवारी पनि मिल्न सक्ला। प्रतिद्वन्दीको सल्लाहलाई विचार पुर्याएर विश्वास गर्नुहोला। राजनीतिमा जोडिएकाहरूलाई विशेष मौका मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।
तुला
दाम्पत्य जीवनमा चलिरहेको मनमुटाव समाप्त हुनेछ। आर्थिक स्थितिमा सुधार हुनेछ। कार्यक्षेत्रमा गरिएको कार्यको जस पाइनेछ। लेखन वा अध्ययनमा प्रगति हुनेछ। आजको शुभ रंग सेतो भने शुभ अंक ३ रहेको छ।
धनु
धार्मिक कार्यक्रममा सहभागी हुन अवसर मिल्नेछ। हजुरको मान सम्मानमा वृद्धि हुनेछ। नयाँ पहिरनको अवसर मिल्नेछ। वैदिक स्तरको प्रतिस्पर्धामा अग्रस्थान पाउनुहुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ
व्यापार व्यवसायमा परिवारको सहयोग मिल्नेछ। शेयर मार्केटबाट मनग्य लाभ मिल्ने सम्भावना रहेको छ। कार्यक्षेत्रमा नयाँ आयस्रोतहरू बन्नेछन्। पार्ट टाइम नोकरीमा सफलता मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ।
बृष
सम्पत्तिलाई लिएर कानुनी मामिला सुल्झिनेछ। आफन्तहरूको जमघटले मन प्रसन्न रहनेछ। वैवाहिक जीवन र प्रेम प्रसंगमा आजको दिन उत्साहपूर्ण रहनेछ। कलाकारिताको क्षेत्रबाट लाभ मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
कर्कट
विदेशमा शिक्षाको लागि गरिएको प्रयासमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ ।स्वादिष्ट खानपानको आनन्द मिल्नेछ। सवारी साधन अरुलाई दिनबाट बच्नुहोस्। मेहनतले ज्ञान र कलामा निखार आउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
कन्या
अगाडि रोकिएका महत्त्वपूर्ण कामहरू पूरा गर्न सकिएला। साझेदारी व्यापारबाट राम्रो लाभ मिल्नेछ। धर्म कर्म भन्दा भौतिक सुविधामा मन लाग्नेछ। विद्यार्थीहरूले पठनपाठनमा नयाँ कुरा सिख्न पाउनुहुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
बृश्चिक
आज महत्वकाङ्क्षाको पूर्ति हुनाले मन आनन्दित रहनेछ। विद्यार्थीहरूलाई पढाइमा धेरै मेहनत गर्नुपर्ने हुन्छ। मित्रहरूको साथ नमिल्ला मनको भड्काव देखि बच्नुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।
मकर
आर्थिक र भौतिक क्षेत्रमा उत्साहजनक उपलब्धि मिल्नेछ। घरबाट टाढा बसोबास गर्ने मित्र वा आफन्तहरूसँग भेटघाट हुनेछ। कार्यक्षेत्रको विस्तारलाई लिएर गरिएको यात्राबाट लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
मीन
व्यापार व्यवसायमा नयाँ निर्णय लिनको लागि समय उपयुक्त नहोला प्रतिक्षा गरौँ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। पायक स्थानमा भ्रमण हुनेछ। नोकरी वा पेशामा जिम्मेवारी बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend