Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीको छापा


    बुधबार, मंसिर २६ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीले छापा मारेको छ । दक्षिण कोरियाली प्रहरीले राष्ट्रपति युन सुक–योलको कार्यालयमा बुधबार छापा मारेको हो ।

    त्यस्तै सियोल महानगरीय प्रहरी र राष्ट्रिय सभा प्रहरी गार्डको कार्यालयमा पनि छापा मारिएको बीबीसीले जनाएको छ । राष्ट्रपति युनले मार्शल ल लागू गरेपछि भइरहेको अनुसन्धानको एक हिस्सा रुपमा विभिन्न ठाउँमा छापा मारिएको हो ।

    रिपोर्टअनुसार छापा मार्दा राष्ट्रपति युन आफ्नो कार्यालयमा थिएनन् । गत हप्ता मंगलबार दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले देशमा मार्सल ल घोषणा गरेका थिए ।

    तर, चर्को विरोधपछि उनले ६ घण्टामै आफ्नो निर्णय फिर्ता लिएका थिए । युनको यो कदमपछि दक्षिण कोरियामा उनको ठूलो विरोध भइरहेको छ र उनीविरुद्ध अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार