Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कर्णालीले बिराटनगरलाई ७ रनले हरायाे


    शनिबार, मंसिर २२ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं  ।  नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लगातार दोस्रो जित हासिल गरेको छ ।

    र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक खेलमा कर्णालीले विराटनगरलाई सात रनले हरायो ।

    कर्णालीले प्रस्तुत गरेको १३४ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा आठ विकेट गुमाउँदा मात्र १२६ रन बनाउन सक्यो ।

    कर्णालीको जितमा नन्दन यादवले तीन ओभरमा १२ रन खर्चिँदै सर्वाधिक तीन विकेट लिए । त्यस्तै विपीन शर्माले चार ओभरमा एक मेडनसहित २० रन खर्चिएर दुई विकेट हासिल गर्दा विलियम बोसिस्टो र युनिश ठकुरीको नाममा समान एक विकेट रह्यो ।

    विराटनगरको जितमा पाँचौं नम्बरका ब्याटर निकोलस किर्टोनले ३९ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक   ४० रनको योगदान गरे । त्यस्तै ओपनर लोकेश बमले १९ रनको योगदान गर्दा मध्यक्रमका ब्याटर दीपक बोहराले १८ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार