जनकपुर । त्रेता युगमा भएको भगवान राम सीताको विवाहको सम्झानामा जनकपुरधाममा मनाइने विवाह पंचमी महोत्सवको व्यापापक तयारी गरिएको छ ।
भारतबाट हरेक पाँच वर्षमा आउने जन्तीहरु समेत जनकपुरधाम आई पुगेपछि मेला भर्न श्रद्धालुहरु समेत जनकपुरधाम आउने सुरू गरेका छन् ।
जनकपुरधाममा साताव्यापी विबाह पञ्चमी महोत्सव मनाउने गरिएको छ । विवाह पञ्चमीलाई लिएर यस पटक तिनवटै तहका सरकारले क्रियाशिलता देखाएका छन् ।
श्रद्धालुहरु आउने थालेपछि जनकपुरधामको सुरक्षा व्यवस्था समेत कडा पारिएको छ । जिल्ला प्रहरी धनुषाले जनकपुरधामा भिडभाड हुने स्थानहरुमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरेको छ । प्रदेशका अन्य जिल्लाबाट समेत प्रहरीहरु ल्याएर नगरभरि परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख भवनेश्वर तिवारीले नगर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको विवाह पञ्चमी महोत्सवको दिनमा भिडभाड हुने स्थानमा आवश्यकता अनुसार सुरक्षा व्यवस्था परिचालिन गरिने जानकारी दिए । उनले २५ सयको संख्यामा विवाह पञ्चमी महोत्सवमा सुरक्षाकर्मीहरु परिचालन गरिने छ ।
मेलामा भिडभाड हुने स्थानहरुमा प्रहरीले सुरक्षा गस्ती गर्ने र नगर क्षेत्रको विभिन्न चौक चौकहरुमा सुरक्षाकर्मी श्रद्धालुहरुको सुरक्षाको लागि बस्ने भएका छन । विशेष गरेर विवाह पञ्चमी र एक अगाडी दिने जनकपुरधाममा श्रद्धालुहरुको अत्याधिक भिड हुने गरेको छ ।
भोलि विवाह पञ्चमीकाे भब्य समाराेह हुँदैछ ।।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend