Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एनपीएल- चितवनको विजयी सुरुवात, काठमाडौं ५ विकेटले पराजित


    सोमबार, मंसिर १७ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा काठमाडौ गुर्खाजलाई पराजित गर्दै चितवन राइनोजले विजयी सुरुवात गरेको छ। आज सोमबार भएको पहिलो खेलमा चितवनले काठमाडौलाई ५ विकेटले पराजित गर्दै एनपीएलमा सुखद सुरुवात गरेको हो।

    काठमाडौंले दिएको १ सय १२ रनको सामान्य लक्ष्य चितवनले १७।१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। छैटौँ विकेटका लागि सन्तोष कार्की र शरद भेषावकरले ४६ रनको अविजित साझेदारी गरेपछि चितवनले सहजै लक्ष्य भेट्टाएको हो।

    चितवनका ओपनर दिपक बोहोरा ७ रन बनाउँदा एलबीडब्लु धरापमा परे। हसन इसाखिल १२ रन बनाउँदा पेभेलियन फर्के। ल्युक मार्टिन बेनकेन्स्टाइन १७ बलमा १ चौका र २ छक्का सहयोगमा २२ रन बनाउँदा गेहार्ड इरासमसको बलमा एलबीडब्लु धरापमा परे। कुशल मल्ल र रवि बोपारा समान ११ रन बनाउँदै आउट भए।

    काठमाडौका साहब आलमले ३ विकेट झारे। गेहार्ड इरासमस र डान डौथवेटले समान एक विकेट आफ्नो नाममा गरे। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ११ रनको योगफल तयार पारेको थियो।

    काठमाडौँलाई सस्तैमा रोक्न तनविरले पाँच विकेट लिए। एनपीएलको एकै खेलमा पाँच विकेट लिने तनविर पहिलो खेलाडी बने। उनले आफ्नो स्पेलमा मात्र २१ रन दिए। कप्तान कुशल मल्ल, अमर राउटेला, ल्युक मार्टिन बेनकेन्स्टाइन र रिजन ढकालले समान एक विकेट झारे।

    आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार