Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसिसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ


    मंगलबार, मंसिर ११ २०८१
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौ – नेपाल क्रिकेट संघ (क्यान)ले एसिसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ गरेको छ । मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का, केन्द्रीय सदस्य दिवाकर घले लगायतले उनीहरूलाइ बिदाइ गरेका हुन् ।

    एसिया कप मंसिर १४ देखि २३ सम्म युएईमा हुँदैछ । समूह ‘बी’ मा नेपालसँगै अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । नेपालले मंसिर १४ मा श्रीलंका, १६ मा बंगलादेश र १८ मा अफगानिस्ताको सामना गर्ने कार्यतालिका रहेको छ । क्यानले शक्ति गौचनलाई मुख्य र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ ।

    टोलीका मुख्य प्रशिक्षक गौचन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने जानकारी दिए । ‘छोटो समयको अभ्यास भए पनि टोली सन्तुलित रहेको छ, मैदानमा उत्रिएपछि नतिजा के हुन्छ भन्न सकिँदैन, तर हामी उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त रहेका छौं,’ गौचनले भने ।

    नेपाली टोलीमा हेमन्त धामी(कप्तान), आकाश त्रिपाठी, उत्तम थापामगर, मायन यादव, नरेन साउद, अर्जुन कुमाल (उपकप्तान), युनिशव्रिकम सिंह ठकुरी, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, नरेन भट्ट, विपिनकुमार महतो, अपराजित पौडेल, अभिषेक तिवारी, रञ्जित कुमार

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार