Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकामा घुसखोरीको अभियोग लागेको केही घण्टामै १५ अर्ब डलरले घट्यो अडानीको सम्पति


    बिहिबार, मंसिर ६ २०८१
    940
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ – भारतीय उद्यमी गौतम अडानीमाथि अमेरिकामा ठगीको आरोप लागेपछि बिहीबार अदानी समूहको शेयरमा ठूलो गिरावट आएको छ । अहिले अदानी समूहका तीन कम्पनीको सेयर १५ प्रतिशतभन्दा बढीले घटेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    बम्बई स्टक एक्सचेन्जमा अडानी इनर्जी सोलुसन लिमिटेडमा १९.५० प्रतिशतको सबैभन्दा ठूलो गिरावट रेकर्ड गरिएको थियो । यसबाहेक अदानी इन्टरप्राइजेजमा १८.७६ प्रतिशत, अदानी ग्रीन इनर्जीमा १६.५६ प्रतिशत र अदानी पोर्ट्समा ११.९४ प्रतिशतले गिरावट आएको छ ।

    घुस लेनदेनको आरोप लागेको केही घण्टामै अडानीको सम्पति १५ अर्व डलरले घटेको जनाइएको छ । गौतम अडानीमाथि अमेरिकामा ठगीको आरोप समेत लागेको छ । अडानीमाथि अमेरिकामा रहेको आफ्नो एउटा कम्पनीको ठेक्का लिन २५ करोड डलर घुस दिएको र यो कुरा लुकाएको आरोप लागेको छ ।

    तर, अडानी समूहले जारी गरेको विज्ञप्तिमा यी आरोपहरूलाई अस्वीकार गर्दै सबै कानुनी विकल्प खोजिने बताएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार