काठमाडौं । आफूलाई भ्रष्टाचार बिरोधी अभियन्ता भन्दै आएका दुर्गा प्रसाईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा ३२ अर्ब रुपैयाँ लगानी रहेको कीर्ते कागजात बनाएकाले उनलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्नुपर्ने धारणा सामाजिक संजालमा प्रकट हुन थालेका छन् । प्रसाईले सार्वजनिक गरेको कागजातमा प्रधानमन्त्री ओलीको नामको स्पेलिङ समेत मिल्दैन ।
नेकपा(एमाले) का सांसद सूर्य थापाले बैंकको अरबौं ऋण नतिर्ने बित्तीय अपराधमा संलग्न प्रसाईले सरकारी कागजात किर्ते गरेकाले उनलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने धारणा सामाजिक संजालमा प्रकट गरेका छन् ।
बैंकको ऋण लिएर नतिर्ने ठग प्रसाईंले नक्कली (फेक) कागजातको कारखाना संचालन गरी विदेशीको स्वार्थमा, नेपाल र नेपाली राष्ट्रिय नेतृत्वबिरुद्ध परिचालित प्रसाईको मानसिक स्वास्थ्य पनि परीक्षण गरिहाल्ने प्रबन्ध मिलाउनुपर्ने एमालेका पोलिटब्यूरो सदस्यसमेत रहेका थापाको धारणा छ ।
सांसद थापाले लेखेका छन्–‘बैंकको ऋण तिर्नुपर्दैन भन्दै सर्वसाधारण जनतालाई भ्रममा पारेर वित्तीय अपराधमा संलग्न, तर उल्टै तथाकथित अभियान चलाइरहेको र स्वयंचाहिँ अर्बौं रकम बैंकको ऋण लिएर नतिरी उफ्रिरहेको ठगले नक्कली(फेक) कागजातको कारखाना पनि संचालन गर्न शुरू गरेछ ।
विदेशीको स्वार्थमा नेपाल, नेपाली र राष्ट्रिय नेतृत्वविरूद्द परिचालित यस सिल्ली फ्याउरोलाई अनुसन्धान गर्ने निकायद्वारा तत्काल नियन्त्रणमा लिएर प्रमाण पुष्टि गर्न लगाइयोस् !
मानसिक स्वास्थ्य पनि परीक्षण गरिहाल्ने प्रबन्ध मिलाइयोस् ।’
दुर्गा प्रसाईले सार्वजनिक गरेको प्रधानमन्त्री ओलीको लगानी भएको कागजात कीर्ते ठहरिएमा उनले २ बर्षभन्दा बढी जेल संजाय भोग्नुपर्नेछ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)का प्रवक्ता एसपी होबिन्द्र बोगटी भन्छन्–‘सरकारी कागजात कीर्तेमा २ बर्षभन्दा बढी कैद संजाय हुने कानुनी ब्यवस्था रहेको छ ।’
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend