Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्गा प्रसाईलाई तत्काल पक्राउ गरी अनुसन्धान गरियोस् : सांसद सूर्य थापा


    मंगलबार, मंसिर ४ २०८१
    2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । आफूलाई भ्रष्टाचार बिरोधी अभियन्ता भन्दै आएका दुर्गा प्रसाईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा ३२ अर्ब रुपैयाँ लगानी रहेको कीर्ते कागजात बनाएकाले उनलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्नुपर्ने धारणा सामाजिक संजालमा प्रकट हुन थालेका छन् । प्रसाईले सार्वजनिक गरेको कागजातमा प्रधानमन्त्री ओलीको नामको स्पेलिङ समेत मिल्दैन ।

    नेकपा(एमाले) का सांसद सूर्य थापाले बैंकको अरबौं ऋण नतिर्ने बित्तीय अपराधमा संलग्न प्रसाईले सरकारी कागजात किर्ते गरेकाले उनलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने धारणा सामाजिक संजालमा प्रकट गरेका छन् ।

    बैंकको ऋण लिएर नतिर्ने ठग प्रसाईंले नक्कली (फेक) कागजातको कारखाना संचालन गरी विदेशीको स्वार्थमा, नेपाल र नेपाली राष्ट्रिय नेतृत्वबिरुद्ध परिचालित प्रसाईको मानसिक स्वास्थ्य पनि परीक्षण गरिहाल्ने प्रबन्ध मिलाउनुपर्ने एमालेका पोलिटब्यूरो सदस्यसमेत रहेका थापाको धारणा छ ।

    सांसद थापाले लेखेका छन्–‘बैंकको ऋण तिर्नुपर्दैन भन्दै सर्वसाधारण जनतालाई भ्रममा पारेर वित्तीय अपराधमा संलग्न, तर उल्टै तथाकथित अभियान चलाइरहेको र स्वयंचाहिँ अर्बौं रकम बैंकको ऋण लिएर नतिरी उफ्रिरहेको ठगले नक्कली(फेक) कागजातको कारखाना पनि संचालन गर्न शुरू गरेछ ।

    विदेशीको स्वार्थमा नेपाल, नेपाली र राष्ट्रिय नेतृत्वविरूद्द परिचालित यस सिल्ली फ्याउरोलाई अनुसन्धान गर्ने निकायद्वारा तत्काल नियन्त्रणमा लिएर प्रमाण पुष्टि गर्न लगाइयोस् !

    मानसिक स्वास्थ्य पनि परीक्षण गरिहाल्ने प्रबन्ध मिलाइयोस् ।’

    दुर्गा प्रसाईले सार्वजनिक गरेको प्रधानमन्त्री ओलीको लगानी भएको कागजात कीर्ते ठहरिएमा उनले २ बर्षभन्दा बढी जेल संजाय भोग्नुपर्नेछ ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)का प्रवक्ता एसपी होबिन्द्र बोगटी भन्छन्–‘सरकारी कागजात कीर्तेमा २ बर्षभन्दा बढी कैद संजाय हुने कानुनी ब्यवस्था रहेको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार