Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ आज मंसिर २ गते आइतबारको राशिफल


    आइतबार, मंसिर २ २०८१
    960
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । आज २०८१ साल मंसिर २ गते आइतबारको राशिफल ।

    मेष
    बोलीको भरमा सोचेको काम बन्नेछ। आर्थिक पक्ष मजबुत रहनको साथै कार्यक्षेत्रमा हजुरको सल्लाहको प्रशंसा हुनेछ। रोकिएका कामहरूको शुरूवात हुनेछ। आजको शुभ रंग गुलाबि हो भने शुभअंक ५ रहेको छ।
    मिथुन

    शत्रुहरूको प्रभाव बढ्ने छ। नोकरी वा पेशामा नयाँ प्रोजेक्टहरू मिल्ला। कार्यक्षेत्रमा अतिरिक्त काम गर्नुपर्ने हुन्छ। धन खर्चको योग छ। आजको शुभ रंग वैजनि हो भने शुभ अंक ७ रहेको छ।

    सिंह

    आज हजुर भित्रबाट ऊर्जावान हुनुहुन्छ। समयभन्दा अघि काम पूरा हुनेछन्। शिक्षा वा प्रतियोगितात्मक क्षेत्रमा सफलता मिल्नेछ। समाजको माङ्गलिक कार्यमा सहभागी हुने प्रयास गर्नुहोला। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ ।

    तुला

    आफन्तसँग रमाइलो भेटघाट हुनेछ। जीवनसाथी वा सन्तानलाई लिएर चिन्ता रहनेछ। नोकरी वा कारोबारमा दिन अनुकूल रहेको छ भने साँझ सम्म कुनै अप्रत्यासित लाभ मिल्ने योग छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ ।

    धनु

    आर्थिक पक्ष मजबुत रहनेछ। व्यापारमा पुरानो समयदेखि रोकिएका काम बन्नेछन् तर स्वास्थ्यलाई लिएर लापरवाही न गर्नुहोला । मित्रको सहयोगले लाभ मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ ।

    कुम्भ

    आज अचानक नयाँ काम नयाँ चुनौतीहरूको सामना गर्नुपर्ला। वाहन चलाउँदा सावधान रहनुहोस्। लामो दूरीको यात्रा गर्दाखेरि सामानको ध्यान राख्नुहोस्। भूमि(भवनको किनबेचमा कागजी कारबाहीमा ध्यान दिनुपर्ने हुन्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ ।

    बृष

    राजनीतिक क्षेत्रबाट लाभ मिल्नेछ। नोकरीमा आधिकारिक वर्गबाट प्रशंसा र सहयोग मिल्नुका साथै आफन्तहरूबाट शुभ सूचना मिल्नेछ। यात्रा गर्दा आफ्नो सामानको ध्यान राखौं। आजको शुभ रंग पहेलो हो भने शुभ अङ्क ७ रहेको छ।

    कर्कट

    आजका दिन व्यावसायिक योजनाहरू सफल रहनेछन् जसले गर्दा आत्मविश्वास बढ्ने छ। पठन(पाठनको लागि समय उत्तम रहेको छ। शत्रुहरू परास्त हुनेछन् । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

    कन्या

    जोखिम लिएर कुनै कार्य प्रारम्भ नगर्नुहोला। अदालतमा चलिरहेको मुद्दा हजुरको पक्षमा आउने योग छ। प्रतियोगितामा सफलता मिल्नेछ। रोजगार र व्यापारको क्षेत्रमा सफलता मिल्नेछ। पारिवारिक भ्रमणको योग छ। आजको शुभ रंग पहेँलो हो भने शुभ अंक ७ रहेको छ ।

    बृश्चिक

    आजको दिन हजुरलाई सबै क्षेत्रमा सफलता मिल्ने योग छ। समाजमा प्रतिष्ठा बढ्नको साथै खान(पानको लागि धन खर्चको योग छ। वैवाहिक जीवन अनुकूल रहेको छ । आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ ।

    मकर

    गरेको कामबाट लाभ हुनेछ। आम्दनीका स्रोत बढ्नुको साथै स्वास्थ्य सबल रहनेछ। जानकारको सल्लाहले नै नयाँ निर्णयहरू लिनुहोला। बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ ।

    मीन

    आज छोटो समयमा ठूलो काम हात लागि पर्नेछ। हिम्मतले काम अगाडि बढाउनुहोला। लगनशीलतामा कमी नल्याउनुहोस्। उद्योग र व्यापारमा फाइदा मिल्नेछ। चलचित्र र मिडियाको क्षेत्रबाट लाभ मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार