Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने नेपाली फिल्म


    बुधबार, कार्तिक २८ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ ।

    फिल्मले प्रदर्शनको १३औँ दिन मंगलबारसम्म देशभर २५ करोड ४ लाख कमाएर नयाँ किर्तिमान बनाएको हो ।  ‘पूर्णबहादुरको सारङ्गी’ ले यसअघि धेरै कमाउने फिल्म ‘कबड्डी ४’ को २३ करोड ५० लाखको किर्तिमान तोडेको हो ।

    वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले मंगलबारसम्म फिल्मले २५ करोड ४ लाख ग्रास कमाई गरेको जानकारी दिएको छ ।

    कमाईको किर्तिमानसँगै फिल्मले सर्वाधिक शो पाउने फिल्म पनि बनेको छ । फिल्म एकै दिन ४८० भन्दा बढी शो पाएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार