Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालको शानदार बलिङ, ८३ रनमा रोकियो युएई


    बुधबार, कार्तिक २८ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । युएईले जारी यू-१९ महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गतको खेलमा नेपाललाई ८४ रनको लक्ष्य दिएको छ ।

    जित्नै पर्ने अवस्थामा रहेको नेपालले शानदार बलिङ गर्दै युएईलाई ८३ रनमा रोकेको छ ।

    टस जितेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ९ विकेट गुमाउदै ८३ रन बनाएको हो । नेपालका लागि बलर क्रिश्मा गुरुङले ४ विकेट लिएकी थिइन् भने सिमाना केसी र रिया शर्माले २-२ विकेट लिएकी थिइन् ।

    अब नेपालले युएईलाई १६.२ ओभरमा पराजित गरेमा विश्वकपमा छनौट हुने भएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार