काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डे गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा सहयोग गर्नेहरु प्रति धन्यवाद ज्ञापन व्यक्त गरेका छन् ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार र शनिवार गरी चारवटा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरुले उडान भएको अवसरमा मन्त्री पाण्डेले प्रेस विज्ञप्ति जारी गर्दै आफूले मन्त्री पदको जिम्मेवारी समालेसँगै भैरहवा र पोखरा विमानस्थल संचालनका लागि पहिलो प्राथमिकता राखेको कुरा प्रष्ट पारेका हुन् ।
मन्त्री पाण्डेले भनेका छन्, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन र मैले मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै हामीले यी दुई विमानस्थल सञ्चालनलाई पहिलो प्राथमिकतमा राखेर सरोकारवाला मन्त्रालयका प्रतिनिधिसहितको सुझाव समिति गठन गरी सोही समितिको सुझावका आधारमा इन्धन मूल्य कम गर्ने तथा कर लगायतका विषयमा छुट दिने निर्णय गर्यौं । त्यसैको परिणाम स्वरुप अहिलेको उडान सम्भव भएको हो ।
उनले विज्ञप्तिमा अगाडि भनेका छन्, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यसै हप्ता अन्तर्राष्ट्रिय चार्डड उडान भएको छ र सो विमानस्थलमा पनि थप उडानका लागि प्रयासहरु भईरहेका छन् ।
विज्ञप्तिमा मन्त्री पाण्डेले ठूलो पुँजी लागानी गरेका विमानस्थल पूर्णरुपमा सञ्चाल हुन त्यससँग जोडिएका यातायात होटल तथा अध्यागमन श्रम लगायतका अन्तर सम्बन्धित (इन्टर लिङ्क) पूर्वाधारहरुको विकास हुनु आवश्यक हुन्छ, उनले भनेका छन्, ती सम्पूर्ण पूवार्धार निर्माण, यात्रु तथा विमान कम्पनीहरु अभ्यस्त हुन केही समय लाग्न सक्छ । यी तमाम कामलाई चरणवद्ध रुपमा सम्पन्न गर्न पर्यटन तथा नगरिक उड्डयनमन्त्रालय र सरकार प्रतिवद्ध छ ।
मन्त्री पाण्डेले भनेका छन्, राज्यको लगानीमा निर्माण भएको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आएको दुई वर्षसम्म पनि जजिरा एयर हवाई कम्पनीले केही समयका लागि गरेको उडान बाहेक कुनै पनि अन्तर्राष्ट्रिय हवाई उडान नभर्दा स्थानीय व्यबसायी लगायत आम सर्वसधारणमा निराशाको वातावरण बनेको थियो ।
मन्त्री पाण्डेले सामान्य वा ठूलो लागनीका व्यबसाय वा उद्योग वा विकास पूर्वाधार स्थापना भएको भोलिपल्टबाटै नाफामा वा ‘ब्रेक इभन’मा जाँदैनन् र केही समय त्यसका लागि कुर्नुपर्छ भन्ने कुरा हामी सबैलाई स्मरण गराउँदै अन्तर्राष्ट्रिय विमानस्थल जस्तो वृहत विकास परियोजना त्यसमा पनि हाम्रो जस्तो भौगोलिक तथा भूराजनीतिक जटिलता भएको देशमा तत्कालै पूर्ण क्षमता सञ्चालनमा आउने कुरा संभव नभएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, भैरहवा विमानस्थल निर्माण सम्पन्न भए पनि यसमा इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आईएलएस) जस्ता उपकरण सञ्चालन गर्न र सहज हवाई रुटका लागि छिमेकी मित्रराष्ट्र भारतबाट स्वीकृति लिनु पर्ने जस्ता प्राविधिक समस्याहरु विधमान थिए र यी विषय अझै पनि छलफलका क्रममा छन् । जसले गर्दा दुई वर्षसम्म यी विमानस्थलबाट पनि खासै सेवा सञ्चालन हुन सकेन ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend