मुकेशकुमार यादव
सिरहा । मिथिलाञ्चलमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आजबाट सुरु् भएको छ। छठपर्वको आज मंलवार पहिलो दिन व्रतालुहरुले व्रत सङ्कल्प गरी स्नान गरेर चोखो नितो खाएर छठपर्वको शुरुवात गरेको हो।
कात्र्तिक शुक्ल चौथी देखि सप्तमीसम्म विभिन्न बिधिपुर्वक मनाइने छठ पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु गरिन्छ। शुक्रबारसम्म मनाइने छठ पर्वको तयारी सिरहा सहित तराईका जिल्लाहरुमा जोरतोरले चलिरहेका छन् ।
मुलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको पहिलो दिन व्रतालुहरुले व्रत सङ्कल्प गरेर स्नान गरेर चोखो नितो खाएका छन् । पहिलो दिनको यो विधिलाई स्थानिय बोलीचालीको भाषामा ‘नहाय–खाय’ भनिन्छ । पर्वको दोस्रो दिन बुधवार पञ्चमी तिथिमा व्रतालुले दिनभरि निराहार व्रत बसेर राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गर्ने व्रतालु शिवो देवी यादवले बताईन ।
त्यस्तै, विहिवार संध्याकालिन र शनिवार प्रभातकालिन सुर्यको अर्घदिएपछि चार दिवसीय छठ पर्व बिधिवत रुपमा समापन हुनेछ । पर्वको मुख्य दिन मानिने षष्टी तिथिका दिन बिहानै न्वाई–ध्वाई गरेर निराहार व्रत बसेका व्रतालुले साँझमा अस्ताउँदै गरेका सूर्यलाई अघ्र्य दिने गरिन्छ । त्यस्तै, सप्तमीका दिन बिहान उदाउँदै गरेका सूर्यलाई अघ्र्य दिएपछि यो पर्व बिधिबत रुपमा सम्पन्न हुन्छ ।
छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा अत्यन्त सावधानीका साथ ख्याल गर्नु पर्छ । यस पर्वमा ढिकी–जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहु तथा चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा, मिष्टान परिकार, माटोको भाडामा जमाइएको दही, उखु, मौसम अनुसारका फलपूmल, कोसिया कुरवार लगायतका पुजा सामग्रीहरुले सूर्यलाई अघ्र्य दिने प्रचलन रहेको छ ।
निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र आरोग्यका लागि यो पर्व मनाउने विश्वास गरिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने स्थानिय पण्डित अरुण झाले बताए । उनले भने, ‘आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ ।’
मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनिसकेको यो पर्वको तयारीमा अहिले यस क्षेत्रका नदी, तलाउ र कुण्ड सहितका जलाशयहरु मनमोहक ढङ्गले सिङ्गारिने क्रम चलिरहेका छन् । जलाशय सजाउनुको साथै घरघरमा पर्वको तयारी चलिरहेको । छठ पर्व सुरुवात संगै टोल टोलमा छठको गीतहरु गुञ्जिरहेकोले मिथिला क्षेत्र छठमय बनेका छन््।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend