काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात व्यवस्था विभागमा आकस्मिक अनुमगन गरेका छन् ।
मंगलबार मन्त्री दाहाल मन्त्रालयका सचिव केशवकुमार शर्मासहित अपह्रान्ह अनुगमनका लागि मिनभवन स्थित विभागको कार्यालय पुगेका थिए ।अनुगमनका क्रममा सेवाग्राहीहरुले छिटो छरितो सेवा प्रवाहको वातावरण बनाई दिन आग्रह गरेका थिए ।
यसैगरी मन्त्री दाहालले डिजिटल सवारी चालक अनुमति पत्र र ईम्बोष्ड नम्बर छपाईका बारेमा पनि जानकारी लिएका थिए ।
विभागका महानिर्देशक राजिव पोखरेलले हाल दैनिक ४ हजारका दरले चालक अनुमति पत्र छपाई भई रहेको जानकारी दिए । प्रदेश स्तरबाट समेत छपाई शुरु भएकाले विभागमा चाप केहि घटे पनि डिजिटल कार्ड छपाईलाई चुस्त र नियमित बनाईएको उनको भनाई थियो ।
ईम्बोष्ड नम्बर जडानलाई थप तिव्र र व्यवस्थित पारिने भन्दै पोखरेलले विद्युतीय सवारी दर्ता प्रणालीलाई देशैभरि कार्यान्वयन गरिने बताए ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend