Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य


    शुक्रबार, कार्तिक २ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ । टी- २० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको हो ।

    टस हारेर पहिलाब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १६४ रन बनाएको हो ।

    नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ४९  रन बनाएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले २८, अनिल शाह र आसिफ सेखले २७-२७ रन बनाएका थिए । त्यस्तै गुलशन झाले ११ र कुशल भुर्तेलले १० रन बनाएका थिए ।

    त्यसैगरी अमेरिकाका बलर सौरभ नेत्राभल्कर जसदीप सिंह र हर्मित सिंहले २-२ विकेट लिए भने अली खान र नोसथुश केंजिगेले एक एक विकेट लिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार