काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर खेल्ने खेलाडी चयन गर्न तेस्रो चरणको क्याम्पका लागि १८ खेलाडी छनौट गरेको छ ।
अन्तिम टिम छनौट गर्नुअघि १८ खेलाडीलाई तेस्रो चरणको क्लोज क्याम्पमा राखेर प्रशिक्षण दिने क्यानले जनाएको छ । तेस्रो चरणको क्लोज क्याम्प बुधबारदेखि भैरहवामा हुने क्यानले जानकारी दिएको छ ।
तेस्रो चरणको क्याम्पका लागि छनौट भएका खेलाडीमा सोनी पाख्रिन, मनिषा उपाध्याय, क्रिश्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, रन्जु श्रेष्ठ, किरण कुमारी कुँवर, त्रिशना बिक, रिया शर्मा, अलिशा कुमारी यादव, भवानी कामति, पुजा महतो, कुसुम गोदार, सीमाना केसी, ज्योत्स्निका मरासिनी, रचना चौधरी र आश्मा पुलामी मगर रहेका छन् ।
यस अघि दोस्रो चरणको क्याम्पमा समावेश गरिएका सुष्मिता भुसाल र प्रतिमा शाहलाई तेस्रो क्याम्पबाट बाहिर राखिएको छ ।
२०२५ मा हुने महिला यू-१९ विश्वकपका लागि एशिया क्वालिफायरमा नेपालसहित कुवेत, थाइल्याण्ड र युएई खेल्दै छन् । क्वालिफायरमा शिर्ष स्थानमा रहने देश विश्वकपका लागि छनौट हुने छ । एशिया क्वालिफायर खेल नोभेम्बर ६ देखि दुबईमा हुदै छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend