Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बर्दियाको सीमाक्षेत्रमा गोली चल्यो


    सोमबार, असोज २८ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बर्दिया । बर्दियाको नेपाल–भारत सिमानामा आइतबार राति गोली चलेको छ ।

    बर्दिया सदरमुकाम गुलरिया–८ स्थित सिमानामा गएराति करिब ७ बजे खेतमा काम गरिरहेको अवस्थामा गोली प्रहार हुँदा एक जना घाइते भएका हुन् ।

    उनको ढाडमा गोलीको छर्रा लागेको बताइएको छ । सशस्त्र प्रहरी बल ३१ नम्बर गणका अनुसार गोली लागेको घटना राति ८ बजे प्रहरीलाई आफन्तले जानकारी गराएका थिए ।

    घाइतेको उपचार जिल्ला अस्पताल गुलरियामा लगिएको थियो । उपचार त्यहाँ सम्भव नभएपछि कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । गोली कसले चलायो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार