सञ्जय मिश्रा
रौतहट । रौतहटस्थित अज्ञात हतियारधारी समूहले एकजना सुनचाँदी ब्यवसायीमाथि सांघातिक हमला गरेको छ । प्रहरीले घटनास्थल बाट पेस्तोल र खुकुरी बरामद गरेको छ ।
गएराती अज्ञात समूहले गढीमाई नगरपालिका १ समनपुरका कनहाई साहको छोरा सुनचाँदी व्यवसायी चन्दन साह सोनारको टाउको हातमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन । घाइते सोनारलाई अहिले उपचारका लागि बिवीरगंज स्थित वयोधा अस्पताल पठाईएको थियो ।
घाइते व्यवसायीको हाल बयोधा अस्पतालमा उपचार भइरहेको र खतरा मुक्त रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय राैतहटका प्रमुख दीलिप घिमिरेका अनुसार गएराती करीब साढे ८ बजे गरुडा र धमौरा गाँउ बिचको बाटो अरुद्व बनाई ३५ वर्षिय सोनारमाथि अज्ञात समूहले खुकुरी प्रहार गरी घाइते बनाएको थियो ।
गरुडा ९ नरकटिया गाउँदेखि १ किलोमीटर दक्षिण बाटोमा गरुडाबाट समनपुर तर्फ जाँदै गरेको ना ४८ प ४५५७ नम्बरको को मोटरसाईकल रोकेर अज्ञात समूहले ब्यवसायीमाथि आक्रमण गरेको थियो ।
घटना लगत्तै ईलाका प्रहरी कार्यालय गरुडाको प्रहरी टोलीले घाईतेलाई उपचारको लागी पठाएको थियो । घटनास्थालमा प्रहरीले खुकुरी १ थान र कटुवा पेस्तोल थान -१ फेला पारेको थियो ।
घाइतेको ना ४८ प ४५५७ नम्बरको मोटरसाईकललाई खुकुरी प्रहार गर्ने ब्यक्तिले लिई भागेकोमा घटनास्थल भन्दा १ किलोमीटर पुर्व तर्फ रोडको पिलरमा ठोकी सोही ठाउमा लडेको अवस्थामा बरामद भएको थियो । घटना बारे थप अनुसन्धान भइरहेको तथा फरार अभियुक्तको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend