Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रौतहटमा सुनचाँदी ब्यवसायीमाथि सांघातिक हमला


    बुधबार, असोज २३ २०८१
    900
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सञ्जय मिश्रा

    रौतहट । रौतहटस्थित अज्ञात हतियारधारी समूहले एकजना सुनचाँदी ब्यवसायीमाथि सांघातिक हमला गरेको छ । प्रहरीले घटनास्थल बाट पेस्तोल र खुकुरी बरामद गरेको छ ।

    गएराती अज्ञात समूहले गढीमाई नगरपालिका  १ समनपुरका कनहाई साहको छोरा सुनचाँदी व्यवसायी चन्दन साह सोनारको टाउको हातमा खुकुरी प्रहार गरी गम्भीर घाइते  बनाएका छन । घाइते सोनारलाई अहिले उपचारका लागि बिवीरगंज स्थित वयोधा अस्पताल पठाईएको थियो ।

    घाइते  व्यवसायीको हाल बयोधा अस्पतालमा उपचार भइरहेको र खतरा मुक्त रहेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय राैतहटका प्रमुख दीलिप घिमिरेका अनुसार गएराती करीब साढे ८ बजे गरुडा र धमौरा गाँउ बिचको बाटो अरुद्व बनाई ३५ वर्षिय  सोनारमाथि अज्ञात समूहले  खुकुरी प्रहार गरी घाइते बनाएको थियो ।

    गरुडा ९ नरकटिया गाउँदेखि १ किलोमीटर दक्षिण बाटोमा  गरुडाबाट समनपुर तर्फ जाँदै गरेको ना ४८ प ४५५७ नम्बरको को मोटरसाईकल रोकेर अज्ञात समूहले ब्यवसायीमाथि आक्रमण गरेको थियो ।

    घटना लगत्तै ईलाका प्रहरी कार्यालय गरुडाको प्रहरी टोलीले घाईतेलाई  उपचारको लागी पठाएको थियो । घटनास्थालमा प्रहरीले खुकुरी १ थान  र कटुवा पेस्तोल थान -१ फेला पारेको थियो ।

    घाइतेको ना ४८ प ४५५७ नम्बरको मोटरसाईकललाई खुकुरी प्रहार गर्ने ब्यक्तिले लिई भागेकोमा घटनास्थल भन्दा १ किलोमीटर पुर्व तर्फ रोडको पिलरमा ठोकी सोही ठाउमा लडेको अवस्थामा बरामद भएको थियो । घटना बारे थप अनुसन्धान भइरहेको तथा फरार अभियुक्तको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार