Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • सशस्त्र प्रहरीद्वारा १८ लाखसहित गुप्ता पक्राउ


    बुधबार, असोज २३ २०८१
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कन्चनपुर । सशस्त्र प्रहरी बोर्डर आउपोष्ट ब्रम्हदेवले १८ लाख रुपैयाँसहित एक ब्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

    भीमदत्त नगरपालिका–१ ब्रह्मदेवस्थित सीमा इलाकाबाट बुधबार साँझ १२ लाख ७४ हजार २ सय ३० भारतीय रुपैयाँ र ५ लाख १३ हजार ७० नेपाली रुपैयाँ र स्कुटरसहित भारतीय नागरिक अभिषेक गुप्तालाई पक्राउ गरेको हो ।

    नेपालबाट भारततर्फ युके ०३ बी ०९६५ भारतीय नम्बरको स्कुटरमा जाँदै गरेका भारतको जिल्ला चम्पावत टनकपुर ग्राम पञ्चायत टनकपुर बस्ने ४३ बर्षीय अभिशेक गुप्तालाई उल्लेखित रुपैयाँ र स्कुटरसहित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ब्रह्मदेवको टोलीले नियन्त्रणमा लिएको हो ।

    उनलाई बरामद रुपैयाँ र स्कुटरसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार