Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • सशस्त्र प्रहरीले नै भन्सार नतिरी सामान ल्याएपछि…


    शुक्रबार, असोज १८ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • कैलाली । विभिन्न किसिमका सामान भन्सार नतिरी ल्याउन खोजेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालका ३ जना कर्मचारीलाई करबाही प्रक्रिया अगाडि बढाइएको छ ।

    अफिस प्रयोजनका लागि भन्दै निजी गाडीमा विभिन्न किसिमका लत्ताकपडा भन्सार नतिरी ल्याउन खोजेको अवस्थामा मद्दति सेवा गुल्म कैलालीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक अमर विष्ट, सशस्त्र प्रहरी हवल्दार मोहन भट्ट र सशस्त्र प्रहरी सहायक हवल्दार रामबहादुर कुँवरलाई नं ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले विभागीय कारबाही अगाडि बढाएको हो ।

    त्रिनगर भन्सार कार्यालयको एरियामा भारतबाट सामान ल्याएको भन्ने तथ्य खुलेपछि उनिहरुलाई नं ३४ गण कैलालीले नियन्त्रणमा लिएको थियो ।

    यसैबीच त्रिनगर नाका हुँदै नेपाल प्रबेश गर्ने यात्रुहरुलाइ अनावश्यक दुख दिएको र पैसासमेत असुलिएको भन्ने गुनासोका आधारमा नं. ३४ गण कैलालीले सुक्ष्म निगरानी गरेको छ ।

    यसैगरी सिमानामा आवतजावत गर्ने ब्यक्तिहरुलाई दुख हैरानी दिनेतर्फ ध्यान दिंदै सशस्त्र प्रहरीका अधिकृतहरुले सादा पोशाकमा खटिएर अनुगमनसमेत गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार