Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • ५९ लाख बराबरका कस्मेटिकसहितको ट्रक बरामद


    मंगलबार, असोज ८ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले ५८ लाख ८६ हजार ३० रुपैयाँ मूल्य बराबरको कस्मेटिक सामान बोकेको ट्रक सोमबार बीरगंजको आईसीपी चोकबाट बरामद गरेको छ ।

    विशेष सूचनाको आधारमा प्रहरीले बा ३ ख ९८४५ नम्बरको मालबाहक ट्रकका साथमा रहेको विलविजक भन्दा बढीका कस्मेटिक सामान काठमाडौंतर्फ लाँदै गरेको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी दीपक भारतीले जानकारी दिएका छन् ।

    बरामद गरिएको ट्रक थप अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार