रोशन पोखरेल
भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्दा मैले नेपालको ऐतिहासिक र सांस्कृतिक सम्पदाको गहिरो अनुभव गरें । यो क्षेत्र साँच्चै नेपालकै गौरवशाली धरोहरमध्येको एक हो । भक्तपुर दरबारको शिल्पकला, हस्तकला र मल्लकालीन वास्तुकलाले मलाई विशेष रूपमा आकर्षित गर्यो । यहाँको प्राचीन राजदरबार, ५५ झ्याले दरबार र अन्य धार्मिक स्थलहरूले इतिहास प्रति मेरो रुचिलाई थप बलियो बनायो ।
दरबार क्षेत्रमा प्रवेश गर्दा मैलै देखेको पहिलो प्रमुख आकर्षण ५५ झ्याले दरबार थियो । यो नेवारी कला र वास्तुकलाको अद्वितीय नमूना हो, जसलाई राजा भूपतिन्द्र मल्लले निर्माण गरेका थिए । यसले मलाई मल्लकालीन कारीगरी र सम्पदाको गहिराइमा डुब्न प्रेरित गर्यो । दरबारको अगाडि रहेका बाघका दुई विशाल प्रतिमाहरूले दरबारको सुरक्षा गरिरहेको जनविश्वासले यो ठाउँ अझै रोमाञ्चक बनायो ।
त्यस्तै, न्यातापोल मन्दिर र भैरवनाथ मन्दिरको अनौठो सौन्दर्य पनि उल्लेखनीय थियो । न्यातापोलको ५ तले संरचना र कलात्मक मूर्तिहरू साँच्चै अद्वितीय थिए । विशेष गरी दशैंको समयमा मात्र खुल्ने न्यातापोल मन्दिरको रहस्यले मलाई मन्दिरको गहिराइ बुझ्न थप चासो पैदा गरायो ।
मलाई भक्तपुर दरबार क्षेत्रको पुरातन वातावरणमा डुब्न पाउँदा निकै शान्ति र आनन्दको अनुभव भयो । यहाँका मन्दिर र संरचनाहरू, प्राचीन मूर्तिहरू र हिन्दू धर्मसँग सम्बन्धित सम्पदाहरूले मल्लकालीन नेपाललाई प्रत्यक्ष रूपमा देख्न अवसर प्रदान गर्यो । यसका साथै, भक्तपुरका परम्परागत हस्तकलाहरू, जस्तै धातुकला र काठकलाको सुन्दरता देखेर म चकित भएँ ।
भूकम्पले क्षतिग्रस्त भएका संरचनाहरू पुनर्निर्माण हुँदै गरेको देख्दा नेपालका सम्पदाको संरक्षणमा भइरहेको प्रयासले मेरो मन छोयो । पुरानै शैलीमा संरचना पुनर्निर्माण गर्न प्रयास भइरहेको जानकारी पाउँदा यस क्षेत्रको मौलिकता र सांस्कृतिक महत्त्वलाई जोगाइराख्ने प्रयास भइरहेको छ भन्ने अनुभव गर्ने मौका मिल्योे ।
यदि तपाईं इतिहास, संस्कृति र वास्तुकलामा रुचि राख्नुहुन्छ भने, भक्तपुर दरबार क्षेत्र तपाईंको भ्रमणको सूचीमा अवश्य पर्नु पर्छ । यहाँको सांस्कृतिक सम्पदा र पुरातन कला कृतिहरूलाई नजिकबाट अनुभव गर्न पाउनु भ्रमणको एउटा अविस्मरणीय पक्ष हुनेछ ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
मोहनकुमार घिमिरे संघीय निजामती सेवा ऐन मुलुकको प्रशासन चलाउने एउटा अर्को कानुनमात्र होइन, यो राज्य र निजामती कर्मचारीबीचको सम्बन्ध, जिम्मेवारी, अधिकार, सेवा–सर्त र उत्तरदायित्व निर्धारण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend