काठमाडौै । हिमाल मल्टिमिडिया प्रा. लि. द्वारा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुने भएको छ ।
पछिल्लो समय विकराल बन्दै गएको वैदेशिक शिक्षाका विभिन्न पाटोमा केन्द्रित रहेर विचार विर्मश तथा छलफल गर्ने अभिप्राय सहित आउँदो असोज ५ गते शनिवारका दिन कार्यक्रम हुन लागेको हो ।
नयाँ बानेश्वर स्थित एभरेष्ट होटलमा विहान १० बजे देखि शुरु हुने कार्यक्रम, विशेषत कक्षा १२ र स्नातक अध्ययनरत विद्यार्थी केन्द्रित रहने छ ।
वैदेशिक शिक्षा अध्ययनमा देखा परेका समस्या, विदेश पुगेपछि भोग्नु परेका चुनौती, वैदेशिक शिक्षाका नाममा हुने ठगी लगायतमा विषयवस्तु कार्यक्रममा समेटिने छन् ।
महानायक राजेश हमालको प्रमुख अतिथि रहने शैक्षिक परामर्श कार्यक्रममा सहभागीहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
कुनै पनि हालतमा मुलुक छाड्ने सपना बुनिरहेका विद्यार्थीको मनोविज्ञानको अन्तर्यप्रति नेपालमै रहन सक्ने आधार सहित र विदेश पढ्न जाने योजना भएकाहरुलाई आवश्यक पर्ने योजना र मनोविज्ञानका वियषमा समेत छलफल रहने छ ।
हाल वैदेशिक अध्ययनमै रहेका विद्यार्थी र प्रतिनिधिहरुसँग वैदेशिक शिक्षाका बारेमा बुझ्न समेत सकिनेछ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशकको दरबन्दी १२ औं तहको हो । तर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ औं तहका बालरोग बिशेषज्ञ डा....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend