वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा प्रहरी निरीक्षक भास्कर खतिवडा प्रमुख भएर आएदेखि ड्यूटी भन्दा मुद्रामोचनलाई प्राथमिकता दिने ट्राफिक प्रहरीहरूको मनोबल बढेको पाइएको छ ।
ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएर सडक दुर्घटना पनि ह्वात्तै बढिरहेको अवस्थामा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी कर्मचारीहरू मुद्रा असुली अभियानमा लागेका गुनासा बढ्दै गएका छन् ।
यसैक्रममा सवारी साधनको अत्यधिक चाप रहने बीरगंजको मुख्य स्थान घण्टाघर चोकमा खटिने ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन गर्नुको सट्टा सवारी चालकहरूसँग जबर्जस्ती असुली गर्ने गरेको सवारीचालकले गुनासा गर्न थालेका छन् ।
घण्टाघर चोक र वरपरको क्षेत्रमा खटिएका ट्राफिक प्रहरीले अटो रिक्सा चलाएर गुजारा गर्ने सामान्य रिक्सा चालकबाट आइतवार घुसबापत तीन प्लेट मम मागेको एक रिक्सा चालकले नाम नछाप्ने शर्तमा यस अनलाइनका प्रतिनिधिलाई बताए ।
ती अटोरिक्सा चालकले बताए अनुसार आइतवार दिउँसो ३.३० आसपासको समयमा रेडक्रस बिल्डिङ छेउमा तीन जना बृद्ध यात्रुलाई झार्न लागेको समयमा ड्यूटीमा रहेका एका ट्राफिक प्रहरीले इ–रिक्साको सीट झिकेर कब्जामा लिएका थिए ।
त्यसपछि ती चालकले रिक्सा पार्किङ गरी पैदल आएर सीट माग्दा ती ट्राफिक प्रहरीले सीट फिर्ता लिने भए आफूहरू तीन जना ट्राफिक प्रहरी ड्यूटीमा रहेको र खाजा खाने समय भएकोले तीनै जनाको लागि एक एक प्लेट ममको पैसा तिरिदिन भनेका थिए ।
ती चालकले आफ्नो पहिलो सवारी भएको र हालसम्म ३० रुपैयाँमात्र कमाएकाले तीन प्लेट ममको ३ सय रुपैयाँ तिर्न नसक्ने भनेपछि ट्राफिक प्रहरीले चालकलाई धक्का दिएर अलग भए तर सीट फिर्ता गरेनन् ।
यी सबै दृश्य नजिकैबाट जिल्ला प्रहरी कार्यालयको मोबाइल गस्ती टोलीको गाडीबाट देखिरहेका प्रहरीले चालकलाई बोलाएर ती ट्राफिक प्रहरीले किन धक्का दिएको भनेर सोधेपछि रिक्साचालकले सबै कुरा ती प्रहरीलाई भनेपछि सीट उठाएर लैजाऊ, ट्राफिक प्रहरीले केहि भन्यो भने म कुरा गर्छु भनेपछि ती चालक खुशी हुँदै सीट लिएर फर्केका थिए ।
राज्यको तलब भत्ता खाएर नागरिकको सहजता एवं ट्राफिक व्यवस्थापनका लागि खटिने ट्राफिक प्रहरीले सामान्य रिक्सा चालकसँग समेत घुस लिन छोड्दैनन् भने झन ट्राफिक नियम उल्लंघन गर्ने, ओभर लोड गर्ने, अन्य मालबाहक सवारीसाधनसँग कत्तिको असुली गर्दो होलान् सहजै अनुमान लगाउन सकिन्छ ।
ट्राफिक नियम उल्लंघन गर्ने, ओभरलोड गर्नेलगायतका सवारी साधनहरूसँग बिचौलिया मार्फत् ठाउँ ठाउँमा असुली अभियान नै संचालन चलाएका गुनासा पनि बढ्दै गएकै देखिन्छ ।
ट्राफिक प्रनि खतिवडाको आगमनयता आर्थिक वर्ष २०८०–०८१ को तथ्यांक हेर्ने हो भने ७९६ वटा सवारी दुर्घटना भएको थियो । यी ७९६ दुर्घटनामा परी ४३ पुरुष, सात जना महिला र एक जना बालिका गरी ५१ जनाले अकालमै ज्यान गुमाउनुप¥यो ।
त्यस्तै ६६ जना पुरुष, १२ जना महिला, चार जना बालक र दुई बालिका गरी ८४ जना सख्त घाइत भए भने ७२० जना घाइते हुनु परेको डरलाग्दो तथ्यांक छ ।
यस सन्दर्भमा ट्राफिक प्रहरी निरीक्षक भास्कर खतिवडासँग टेलिफोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा उनले फोन उठाएनन् ।
लाइसेन्समा पनि उस्तै अनियमितता
पर्सा ट्राफिकबाट यातायात कार्यालयको चालक अनुमितपत्रको ट्रायल परीक्षामा बर्र्षाैदेखि प्रहरी नायब निरीक्षक (सई) गुणनिधि खकुरेल खटिदैआएका छन् । पर्सा यातायातका कर्मचारी र ट्राफिकबाट खटिएका सई खकुरेलले मोटरसाइकल, गाडी र हेभी सवारीको लाइसेन्स सेटिङमा दररेट तय गरी दैनिक लाखौं असुली गर्ने गरेका छन् ।
ट्रायल सेन्टरमा कमाउधन्दा चलाउँदै सई खकुरेलले ट्रायल सेन्टरबाट आउने रकममध्ये जिल्ला ट्राफिक प्रहरी निरीक्षक र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रमुख प्रहरी उपरीक्षकसम्म बुझाउँदै आएको आरोप छ ।भागबण्डा बुझाएकै कारण उनले बर्षौदेखि त्यहाँको जिम्मा पाउने गरेका छन् ।
चालक अनुमतिपत्रको प्रयोगात्मक दक्ष चालकलाई अनेक बहानामा फेल गराउने तथा परीक्षामा उपस्थित मात्र हुनेहरुलाई सेटिङमा पास गराउने गुनासा सार्वजनिक भइरहँदा पनि ट्राफिक प्रहरी प्रमुख खतिवडा मौन छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend