Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालफेसमा प्रकाशित समाचारप्रति सदस्य सचिव घिसिङको असहमति


    बिहिबार, साउन ३ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपालफेस डटकममा प्रकाशित समाचारप्रति असहमति जनाएका छन् ।

    नेपालफेस डटकममा मिति २०८१ साल असार २८ गते शुक्रबार ‘शैक्षिक योग्यता नै पेश नगरी सदस्य सचिव घिसिङको नियुक्ति, छानविनको माग गर्दै अख्तियारमा उजुरी’ शिर्षकमा प्रकाशित समाचारप्रति घिसिङले आपत्ति जनाएका हुन् ।

    समाचारप्रति असहमति जनाउँदै सदस्य सचिव घिसिङले प्रेस काउन्सिल नेपालमा खण्डनसहितको उजुरी दर्ता गराएका हुन् ।

    घिसिङले ‘नेपाल फेस अनलाइन पत्रिकाले व्यवसायिक आचार संहिता उलंघन गरेकोले कारवाही गरी पाऊँ।’ भन्दै असार ३१ गते काउन्सिलमा उजुरी दर्ता गराएका छन् ।

    काउन्सिलमा दर्ता भएको घिसिङको उजुरीमा लेखिएको छ–‘उपरोक्त विषयमा राष्ट्रिय खेलकूद परिषद्को सदस्य सचिवको लागि सार्वजनिक सूचना प्रकाशित गरी दरखास्त आव्हान गरे बमोजिम मैले पनि दरखास्त पेश गरेको थिएँ । कानूनमा तोके बमोजिमको प्रक्रिया पूरा गरी सिफारिश (छनौट) समितिले म समेत ३ जनाको नाम सदस्य सचिव पदको लागि सिफारिश गरे बमोजिम राष्ट्रिय खेलकूद विकास ऐन २०७७ को दफा १७ को उपदफा ७ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदले मलाई ४ बर्षको लागि सदस्य सचिव पदमा नियुक्ति गरे बमोजिम आफ्नो काम, कर्तव्य र दायित्व इमान्दारिताका साथ पूरा गर्दै आएको छु ।’

    समाचारमा सत्यता नभएको बताउँदै सदस्य सचिव घिसिङले आफूले स्नातकोत्तरसम्मको अध्ययन गरेको दावी गरेका छन् ।

    समाचार कै कारण आफ्नो अपमान र छविमा आँच आएको बताएका उनले २०६८ सालमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको रत्नराज्य लक्ष्मी क्याम्पस, भृकुटीमण्डपमा अध्ययन गरी राजनितिशास्त्रमा स्नातक तह र सोही विषयमा स्नातकोत्तर तह समेत उत्तिर्ण गरेको खण्डनमा उल्लेख गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार