काठमाडौं । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपालफेस डटकममा प्रकाशित समाचारप्रति असहमति जनाएका छन् ।
नेपालफेस डटकममा मिति २०८१ साल असार २८ गते शुक्रबार ‘शैक्षिक योग्यता नै पेश नगरी सदस्य सचिव घिसिङको नियुक्ति, छानविनको माग गर्दै अख्तियारमा उजुरी’ शिर्षकमा प्रकाशित समाचारप्रति घिसिङले आपत्ति जनाएका हुन् ।
समाचारप्रति असहमति जनाउँदै सदस्य सचिव घिसिङले प्रेस काउन्सिल नेपालमा खण्डनसहितको उजुरी दर्ता गराएका हुन् ।
घिसिङले ‘नेपाल फेस अनलाइन पत्रिकाले व्यवसायिक आचार संहिता उलंघन गरेकोले कारवाही गरी पाऊँ।’ भन्दै असार ३१ गते काउन्सिलमा उजुरी दर्ता गराएका छन् ।
काउन्सिलमा दर्ता भएको घिसिङको उजुरीमा लेखिएको छ–‘उपरोक्त विषयमा राष्ट्रिय खेलकूद परिषद्को सदस्य सचिवको लागि सार्वजनिक सूचना प्रकाशित गरी दरखास्त आव्हान गरे बमोजिम मैले पनि दरखास्त पेश गरेको थिएँ । कानूनमा तोके बमोजिमको प्रक्रिया पूरा गरी सिफारिश (छनौट) समितिले म समेत ३ जनाको नाम सदस्य सचिव पदको लागि सिफारिश गरे बमोजिम राष्ट्रिय खेलकूद विकास ऐन २०७७ को दफा १७ को उपदफा ७ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदले मलाई ४ बर्षको लागि सदस्य सचिव पदमा नियुक्ति गरे बमोजिम आफ्नो काम, कर्तव्य र दायित्व इमान्दारिताका साथ पूरा गर्दै आएको छु ।’
समाचारमा सत्यता नभएको बताउँदै सदस्य सचिव घिसिङले आफूले स्नातकोत्तरसम्मको अध्ययन गरेको दावी गरेका छन् ।
समाचार कै कारण आफ्नो अपमान र छविमा आँच आएको बताएका उनले २०६८ सालमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको रत्नराज्य लक्ष्मी क्याम्पस, भृकुटीमण्डपमा अध्ययन गरी राजनितिशास्त्रमा स्नातक तह र सोही विषयमा स्नातकोत्तर तह समेत उत्तिर्ण गरेको खण्डनमा उल्लेख गरेका छन् ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
काठमाडौँ। काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा । यो दिनसँगै नेपालीको महान पर्व दसैँ औपचारिक रूपमा समापन हुन्छ । टिकाको दिनदेखि आज पुर्णिमासम्म...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend