काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले पार्टीका महामन्त्री डा मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ । महामन्त्री ढकालले पेश गरेको प्रतिवेदन मिडियामा सार्वजनिक गरेको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो ।
महामन्त्री ढकालले देशका ३८ जिल्ला घुमेर १ महिना लामो समीक्षा यात्रापछि बुधबार ३२ पेजको प्रतिवेदन पार्टी सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएका थिए । जुन प्रतिवेदन मिडियामा छरपष्ट भएपछि रास्वपाभित्र बबन्डर मच्चिएको छ । रास्वपा बालेन साहसँग मिलेर अगाडि नबढे विवेकशील साझा पार्टी जस्तै हुने भविष्यवाणीसहितको प्रतिवेदन उनले दिएका छन् ।
ढकालले आफ्नो प्रतिवेदन पार्टीलाई बुझाउनुअघि नै मिडियामा प्रचारबाजी गरेको भन्दै पार्टीभित्र व्यापक विरोध भइरहेको छ ।
उनले प्रतिवेदनमा रास्वपा तत्काल सरकारबाट हट्नुपर्ने, एमाले माओवादीसँगको साँठगाँठ त्यागेर काठमाडौंका मेयर बालेन हाल र धनगडीका मेयर गोपी हमालसँग मिल्नुपर्ने सुझाव दिएका थिए ।
अनुशासन आयोगले महामन्त्री ढकाललाई शुक्रबार स्पष्टीकरण पत्र दिइएको बताइएको छ ।
तर महामन्त्री ढकालले आफूलाई सभापतिले अहिलेसम्म स्पष्टीकरण नसोधेको बताएका छन् । उनले भनेका छन्, ‘मलाई अहिलेसम्म पार्टी सभापतिले स्पष्टीकरण सोध्नुभएको छैन ।’
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend