Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • हाम्रो माया घर निर्माणार्थ महोत्तरीमा महायज्ञको आयोजना


    मंगलबार, असार १२ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • विशाल बस्नेत 

    महोत्तरी । सडकमा जीवन ब्यतित गरिरहेका बेसहराहरुको आश्रयका लागि महोत्तरीमा हाम्रो माया घर भवन निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।

    भवन निर्माणार्थ प्रारम्भिक चरणमा शिव पुराण महायज्ञको आयोजना गरिएको माहायज्ञ मूल समितिका संयोजक हिरालाल गौतमले जानकारी दिए ।

    दाताहरुले प्रदान गरेको ५ कठ्ठा जग्गासमेत भवन निर्माणार्थ घेरावार भइसकेको छ । भवन निर्माणका आधारहरु तयार भएसँगै २१ साउनदेखि २९ साउनसम्म महायज्ञ पुराण आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।

    पुराणको माध्यमबाट आयोजकले १ करोड ५० लाख भन्दा बढी चन्दा संकलन गर्ने लक्ष्य लिएका छन् । व्यवस्थापकीय पाटोबाट झण्डै २५ लाख खर्च हुने अनुमान गरिएको उक्त महायज्ञ  मानव सेवासगँ जोडिएको अभियान भएको हुनाले यथेष्ट मानिसहरु सहभागी हुने बिश्वास लिइएको छ ।

    महायज्ञलाई सफल बनाउन विभिन्न उपसमिति समेत वनाइएको छ । भवन निर्माण सम्पन्न हुँदासम्म ११ करोड लागत अनुमान गरिएको छ भने बजेटको सुनिश्चितताका लागि स्थानीय, प्रदेश र संघ सरकारलाई अनुरोध गरिने संयोजक गौतमले जानकारी दिए ।

    देशैभरीका सडक बालबालिका, सडक मानव र सहाराविहीनहरका लागि महत्वपूर्ण कोशेढुंगा सावित हुने स्थानियहरुले बिश्वास लिएका छन् । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार