Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दक्षिण अफ्रिका टी- २० विश्वकपको सेमिफाइनलमा, वेस्ट इन्डिज बाहिरियो


    सोमबार, असार ११ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । दक्षिण अफ्रिका वेस्ट इन्डिजलाई हराउँदै जारी टी- २० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

    सोमबार बिहान सम्पन्न सुपर आठको अन्तिम खेलमा दक्षिण अफ्रीकाले वेस्ट इन्डिजलाई डिएलएस मेथड अनुसार ३ विकेटले पराजित गरेको हो ।

    बर्षाले प्रभावित खेलमा वेस्ट इन्डिजले १३६ रनको लक्ष्य दिएको भएपनि डिएलएस मेथड अनुसार दक्षिण अफ्रिकाले १७ ओभरमा १२३ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य दक्षिण अफ्रिकाले १६.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो ।

    यो हारसँगै वेस्ट इन्डिज भने विश्वकपबाट बाहिरिएको छ । सुपर आठको समुह २ बाट दक्षिण अफ्रीका पहिलो र ईङल्याण्ड दोस्रो हुँदै सेमिफाइनलमा पुगेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार