Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टी–२० विश्वकपको सुपर आठमा आज दुई खेल हुँदै


    सोमबार, असार ११ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । जारी टी-२० विश्वकपका सुपर आठका खेलमा आज दुई खेल हुँदैछन् । आज पहिलो खेल वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीच हुँदैछ । एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६.१५ बजेदेखि शुरु हुनेछ ।

    सुपर आठमा दक्षिण अफ्रिकाले यसअघि खेलेका दुवै खेल जितेको छ भने यो खेल जितेमा सेमिफाइनलमा पुग्नेछ । त्यस्तै वेस्ट इन्डिजका लागि सेमिफाइनलमा पुग्न यो खेल जित्नैपर्ने अवस्था रहेको छ । यसअघि खेलेका दुई खेलमा अमेरिकालाई पराजित गरेको थियो भने इङल्याण्डसँग पराजित भएको थियो ।

    त्यस्तै आज अर्को खेल भारत र अस्ट्रेलियाबीच हुनेछ । सेन्ट लुसियास्थित डरेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८.१५ बजेदेखि हुने छ । भारतले सुपर आठका दुवै खेल जितेर ४ अंकसहित शीर्षस्थानमा छ भने अस्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको थियो भने अफगानिस्तानसँग हार बेहोरेको थियो । सेमिफाइनलमा पुग्न अस्ट्रेलियाले यो खेल जित्नैपर्ने अवस्थामा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार