Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • टी-२० विश्वकप : बंगलादेशमाथि अस्ट्रेलिया २८ रनले विजयी


    शुक्रबार, असार ८ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अस्ट्रेलियाले बंगलादेशमाथि २८ रनको जित हासिल गरेको छ ।

    जारी टी-२० विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा अस्ट्रेलियाले बंगलादेशलाई डक वर्थ लुइस नियम अनुसार २८ रनले पराजित गरेको हो ।

    बंगलादेशले दिएको १४१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ११.२ ओभरमा २ विकेट गुमाएर १०० रन बनाएपछि बर्षाले खेल अवरुद्ध भएपछि खेलको निर्णय डकवर्थ लुइस नियम अनुसार गरिएको थियो ।

    अस्ट्रेलियाका लागि डेभिड वार्नरले अविजित ५३ रन बनाएका थिए भने ट्राभिस हेडले ३१ रन बनाएका थिए । यस अघि पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाउदै १४० रन बनाएको थियो ।

    यो जितपछि सुपर आठको समुह एकमा अस्ट्रेलियाले महत्वपूर्ण २ अंक हासिल गरेको छ । अब अस्ट्रेलियाले आइतबार बिहान अफगानिस्तानसँग खेल्ने छ भने बंगलादेशले शनिबार राती भारतसँग खेल्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार