Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गायक महेश र गायिका अस्मिताको इन्गेजमेन्ट


    बुधबार, असार ६ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् । आफूहरूले इङगेजमेन्ट गरेको महेश आफैँले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।

    ‘सहयात्राको यो सुरुआत’ भन्दै उनले लेखेका छन्, ‘वी आर इङगेज्ड ! आई लभ यू’ भन्दै महेशले अस्मितासँगका तस्बिर उनलाई ट्याग गरेका छन् । उनीहरू दुवै सांगीतिक क्षेत्रका निकै चर्चित गायक गायिका हुन् । केही गीतमा सहकार्य समेत गरेका उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा थियो ।

    उनीहरुले केही चर्चित गीत सँगै गाएका पनि छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार