Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्कटल्याण्डमाथि अस्ट्रेलियाको सहज जित, इङल्याण्ड सुपर आठमा


    आइतबार, असार ३ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेसँगै इङल्याण्ड जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ ।

    आइतबार सम्पन्न खेलमा अस्ट्रेलियाले स्कटल्याण्डलाई ५ विकेटलाई पराजित गरेको हो ।

    स्कटल्याण्डले दिएको १८१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि स्कटल्याण्डले पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।

    यो जितसँगै अस्ट्रेलिया समुह बी मा आफ्ना चारै खेल जितेर ८ अंकसहित शिर्ष स्थानमा रहेर सुपर आठमा पुगेको छ । त्यस्तै समुह बी बाट इङल्याण्डले ४ खेलमा २ जित एक हार र एक खेल बर्षाले रद्ध हुदा ५ अंकसहित दोस्रो हुँदै सुपर आठमा पुगेको छ ।

    त्यस्तै स्कटल्याण्डको ४ खेलमा ५ अंक रहेपनि रनरेटको आधारमा पछि पर्दै तेस्रो भएपछि विश्वकपको समूह चरणबाट बाहिरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार