काठमाडौँ । जारी टी–२० विश्वकपमा न्युजील्यान्डको खराब प्रदर्शनका बीच अनुभवी फास्ट बलर ट्रेन्ट बोल्टले टी-२० क्रिकेट नखेल्ने घोषणा गरेका छन् । उनले खेलको छोटो ढाँचामा जारी टी–२० विश्वकप आफ्नो अन्तिम विश्वव्यापी प्रतियोगिता हुने बताएका हुन् ।
बोल्ट सन् २०११ मा डेब्यु गरेदेखि नै न्युजिल्यान्ड टोलीका महत्वपूर्ण सदस्य रहेका छन् । उनीसँग टी–२० विश्वकप, एकदिवसीय विश्वकप र विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेलेको अनुभव छ । उनले सन् २०१४ यता चारवटा टी–२० विश्वकपमा भाग लिएका छन् । युगान्डासँगको खेलअघि नै न्युजिल्यान्ड विश्वकपको सुपर आठ चरणबाटै बाहिरिएको थियो । टोलीले अब समूह सी मा आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनीको सामना गर्नेछ, जुन ३४ वर्षीय बायाँ हाते बलरको टी-२० विश्वकपमा अन्तिम खेल हुनेछ ।
‘यदि म आफ्नो बारेमा कुरा गर्छु भने, यो मेरो अन्तिम टी-२० विश्वकप हुनेछ,’ बोल्टले युगान्डामाथि न्यूजिल्याण्डको नौ विकेटको जितपछि भने । उनले भने- ‘मैले भन्नु पर्ने यति हो । पक्कै पनि यो प्रतियोगितामा हामीले चाहेको सुरुवात थिएन । यो पचाउन गाह्रो छ । सुपर आठमा जान नसकेकोमा हामी निराश छौं, तर देशको प्रतिनिधित्व गर्ने मौका पाउनु गर्वको क्षण हो । देशका लागि खेलेकोमा ड्रेसिङ रुममा निकै गर्व छ । पछिल्ला केही वर्षहरूमा हाम्रा रेकर्डहरू उत्कृष्ट छन् । दुर्भाग्यवश, गत हप्ता हामीले राम्रो खेल्न सकेनौं र बाहिर भयौं ।’
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
काठमाडौँ। मनाङको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका दुईजना जापानी पर्वतारोहीको शव भेटिएको छ। ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend