हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकामा रहेको ऐतिहासिक हेटौँडा अस्पतालको सरकारी अस्तित्व कायम राख्न माग उठेको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अधिनमा आउने भनिएको हेटौँडा अस्पताललाई सरकारी अस्पतालकै रुपमा कायम राख्नुपर्ने माग सार्वजनिक गरिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संगठन विभाग प्रमुख विशाल राज महतले बिहीबार विज्ञप्ति जारी गर्दै हेटौँडा अस्पतालको अस्तित्व कायम राख्न माग गरेका छन् । २०१८ सालबाट स्थापना भई ऐतिहासिक परम्परा बोकेको हेटौंडा अस्पतालमाथि हालै राजनीतिकरण हुने प्रयास भएको उनले बताए।
“आम जनताको बिरामीले सहज पहुँच पाउने गरी सेवा दिँदै आएको हेटौंडा अस्पतालमाथि राजनीतिकरणका ढंगले फरक बनाउन खोजिएको हामीले महसुस गरेका छौं,” महतले भने, “विना स्वार्थ सधैँ सेवा दिनुपर्ने एउटा ऐतिहासिक अस्पतालको अस्तित्व मेट्न खोज्नेहरूविरुद्ध हामी झुक्ने छैनौं।”
बिरामीहरूलाई सरल तरिकाले स्वास्थ्य सेवा प्रदान गर्दै आएको हेटौँडा अस्पतालले विपन्न, बेवारिसे र अतिविपन्नलाई निःशुल्क उपचार सेवा दिँदै आएको उनले बताए। मौलिक हक अन्तर्गत स्वास्थ्य सम्बन्धी हकमा नेपाली नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नुपर्ने उल्लेख गरिएकाले सरकारी अस्पताल कायम रहनुपर्ने उनको जिकिर छ।
“सबैले सहजरुपमा उपचार सेवा प्राप्त गर्न सक्ने स्थान भनेको सरकारी अस्पताल नै हो,” महतले भने, “आर्थिक अवस्था कमजोर भएकाहरूका लागि सरकारी अस्पतालले निःशुल्क उपचार गर्नुपर्छ। स्वास्थ्य सम्बन्धी मौलिक हकको संरक्षण गर्न सरकारी अस्पताल नै बाध्य छ।”
बागमती प्रदेशसभाबाट जारी गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनको केही दफा विवादास्पद रहेको उनले बताए। ऐनले हेटौँडा अस्पताललाई मदन भण्डारी प्रतिष्ठानको अस्पताल मान्ने भनिए पनि त्यसलाई सरकारी अस्पतालकै रुपमा कायम राख्नुपर्ने उनको मत छ।
“जनतामा जोडिएको हेटौँडा अस्पतालको अस्तित्व मेट्न खोज्नेहरूविरुद्ध हामी झुक्ने छैनौं,” महतले भने, “प्रदेश सरकारले ऐन खारेज गरेर प्रतिष्ठानको लागि आवश्यक जग्गा छुट्याउनुपर्छ भने हेटौँडा अस्पताललाई सरकारी अस्पतालकै रुपमा कायम गरिनुपर्छ।”
हेटौँडा अस्पतालमा हालसम्म आईसीयू, डायलाइसिस लगायतका सेवा संचालनमा रहेको र अरु थप सेवा विस्तार गर्न नयाँ भवन निर्माण भइसकेको विज्ञप्तिमा उल्लेख छ। कोभिड-१९ महामारीको समयमा पनि अस्पतालले महत्वपूर्ण भूमिका निभाएको थियो। हेटौँडा वासीहरूको ऐतिहासिक साँगसाथ रहेको हेटौँडा अस्पतालको अस्तित्व सरकारी अस्पतालकै रुपमा कायम राखिनुपर्ने उनको माग छ।
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएकी छन् । राष्ट्रिय सभाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend